२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

प्रदेश १ मा १ सय ९ संक्रमित थपिए, ४९ जना डिस्चार्ज

प्रदेश १ मा ४९ जना संक्रमित मंगलबार डिस्चार्ज भइरहँदा १ सय ९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। थपिएकामा २९ महिला र ८० पुरुष छन्। मोरङ र सुनसरीमा ४८–४८, झापामा ८, खोटाङमा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।  

मोरङको विराटनगरमा १० महिला १६ पुरुष, धनपालथानमा २ महिला ६ पुरुष, ग्रामथानमा १ महिला ५ पुरुष, बेलबारीमा १ महिला २ पुरुष, बुढीगंगामा २ पुरुष,  रंगेलीमा १ पुरुष, जहदामा १ महिला र स्थानीय तह नखुलेकी १ महिलामा संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार सुनसरीको दुहबीमा २ महिला १४ पुरुष, इटहरीमा ४ महिला ४ पुरुष, भोक्राहानरसिंहमा ६ पुरुष, कोसी गाउँपालिकामा ५ पुरुष, बराहक्षेत्रमा ३ पुरुष, इनरुवामा १ महिला २ पुरुष, धरानमा ३ महिला, बराहक्षेत्रमा ३, गढीमा १ र स्थानीय तह नखुलेको एक पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको छ।  

त्यस्तै झापाको भद्रपुरमा १ महिला ३ पुरुष, कमलगाउँपालिकामा १ महिला १ पुरुष, दमक र गौरीगञ्जमा १–१ पुरुष, खोटाङको दिक्तेलामा १ पुरुष र प्रदेश १ बाहिरका १ महिला ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ। प्रदेश १ का कोरोना संक्रमितको संख्या २ हजार ८ सय ३२ पुगेको छ।  

प्रदेश १ मा मंगलबार ४९  डिस्चार्ज भएका छन् भने डिस्चार्ज हुनेको संख्या १ हजार ३ सय ३२ पुगेको छ। त्यसैगरी प्रदेश १ मा २ हजार ३९ जनाको पिसिआर परीक्षण गरिएको छ। हालसम्म ८० हजार ७ सय ४५ जनाको पिसिआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।  

प्रकाशित: ९ भाद्र २०७७ ११:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App