१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बागमती प्रदेशकी उपसभामुख तामाङलाई कोरोना संक्रमण

बागमती प्रदेश सभाकी उपसभामुख राधिका तामाङ कोरोना भाईरस (कोभिड–१९)संक्रमित भएकी छिन्। हेटौंडा १० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक प्रयोगशालाबाट प्राप्त भएको रिपोर्टअनुसार उपसभामुख तामाङसहित मकवानपुरमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

काठमाडौंमा एकजना संक्रमित व्यक्तिसँगको बैठकको क्रममा आफुँपनि संक्रमित भएको अनुमान उपसभामुखले गरेकी छन्। ‘उहाँको कोरोना परीक्षणका लागि दुई पटक स्वाब दिनु भएको थियो,’ स्वकीय सचिव एलिशा थापाले भनिन्, ‘सङ्क्रमण पुष्टि भएपछि उपसभामुख ज्यु हेटौंडास्थित सरकारी आवासमा सेल्फ आईसोलेशनमा रहनुभएको छ।’

उपसभामुख तामाङले आफुसँग सम्पर्कमा आएका सबैलाई जानकारी गराउँदै सतर्क रहन आग्रह गरेको उनले बताईन्। सामान्य रुघाखोकी देखा परेपनि अन्य स्वास्थ्य समस्या नभएको स्वकीय सचिव थापाले जानकारी दिइन्।

यसैबीच, पछिल्लो तथ्यांक अनुसार विभिन्न जिल्ला घर भई मकवानपुरमा कार्यरत ११ जना पुरुष प्रहरी कोरोना सङ्क्रमित भएको हेटौंडास्थित आइसोलेसन वार्डका प्रमुख एवं हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले बताए।

उनका अनुसार बाँकी संक्रमितमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का तीन महिला र एकजना पुरुष तथा हेटौंडा १० का एक जना महिला रहेका छन्। यसैगरी, मकवानपुरका थप दुई जना भरतपुर अस्पताल र स्टार अस्पताल, काठमाडौंमा कोरोना संक्रमित पुष्टि भएका छन्।

 

प्रकाशित: १ भाद्र २०७७ १२:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App