८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

घाँटी रेटेर युवकको हत्या

रौतहटमा एक युवकको घाँटी रेटेर हत्या भएको छ। रौतहटको गरुडा नगरपालिका ८ जिंगडियामा करिब २२ वर्षका एक युवकको गए राति हत्या भएको हो।

गौर चन्द्रपुर सडक खण्डमा पर्ने जिंगडियाको नेपाल प्रहरी स्कुल नजिक रहेको सच नर्सरीमा मजदुरको रुपमा कार्यरत जिंगडियाकै नन्दलाल महराको २२ वर्षीय छोरा निरन्जन रामको गए राति घाँटी रेटेर हत्या गरेर फालिएको अवस्थामा आइतबार बिहान शव फेला परेको हो।

राती अबेरसम्म छोरा घर नआएकोले नर्सरीसम्म खोज्न गएको तर नर्सरीमा नभेटिएको र साँझ सात बजेतिरै नर्सरीबाट घर गएको नसरी संचालकले बताएको मृतकका पिता नन्दलाल महराले बताएका छन्। राति नआएको छोराको बिहान शव भेटिएको महराको भनाइ छ।

सच नर्सरीका संचालक राजगिर साहले हिजो रामरहिम बाबाको जन्मदिन भएकोले जन्मदिन मनाउन दुई सय रुपैया लिएर साँझ सात बजे नै नर्सरीबाट घर गएको बताएका छन्।

युवक रामको शवको गाउँभन्दा करिब तीन सय मिटर उत्तर जमेको पानीमा भेटिएको छ। घाँटी रेटेर हत्या गरी युवकलाई पानीमा फालिएको जस्तो देखिएको प्रहरीको भनाइ छ।

घटनाको छानबिन भइरहेको र अपराधी पत्ता लगाउन प्रदेश २ कार्यालयबाट तालिम प्राप्त कुकुर घटनास्थल आइपुगेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपि ज्ञानकुमार महतोले जानकारी दिएका छन्।

प्रकाशित: ३२ श्रावण २०७७ ०६:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App