२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

प्रदेश १ मा कोरोना कहर : थपिए ८६ संक्रमित

प्रदेश १ मा शनिबार ८६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेशमा संक्रमितको संख्या १ हजार ९ सय ७ पुगेको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार शनिबार प्रदेशमा ५४ पुरुष र ३२ महिलालाई संक्रमण पुष्टि भएको छ ।

संक्रमण देखिएकामध्ये विराटनगरमा ४० जना छन् । जसमा २१ पुरुष र १९ महिला रहेका छन् । यस्तै रंगेलीमा ६ पुरुष र ३ महिला गरि ९ जना छन् । धनपालथान गाउँपालिकामा ५ महिला, जहदामा ३, बुढीगंगामा २, सुन्दरहरैचामा २, सुनवर्षी, कानेपोखरीमा १र१ जनालाई संक्रमण देखिएको छ ।

उता सुनसरीमा १७ पुरुष र २ महिला गरि १९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ९ पुरुष र २ महिला गरि ११ जना, रामधुनीमा ५ पुरुष र बर्जुमा ३ पुरुषमा कोरोना पुष्टि भएको छ ।

यसैगरी ओखलढुङ्गा, तेह्रथुम र उदयपुरमा १र१ जनामा संक्रमण देखिएको छ । अहिलेसम्म प्रदेशमा कोरोनाबाट १३ जनाको मृत्यु भएको छ । जसमध्ये ९ जना मोरङका हुन् भने ४ जना प्रदेश नं २ का हुन् ।

प्रकाशित: ३१ श्रावण २०७७ १०:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App