१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गृहमन्त्री थापा लिदी पहिरोस्थलमा

गृहमन्त्री रामबहादुर थापा सिन्धुपाल्चोक आएका छन्। ठूलो मानवीय क्षति पुर्‍याएको लिदी पहिरोको निरीक्षण गर्न उनी यहाँ आएका हुन्।  

जिल्ला सुरक्षा समितिका पदाधिकारीसहित गृहमन्त्री थापा दिउँसो साढे तीन बजे हेलिकप्टरमार्फत पहिरोस्थल पुगेका थिए। हेलिकप्टरमा राजधानीबाट सदरमुकाम आइपुगेका उनी त्यहाँबाट सुरक्षा अधिकारी बोकेर लिदी पुगेका हुन्। उनी पहिरोस्थलको निरीक्षण गर्न आएको सिन्धुपाल्चोक प्रहरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए।  

जुगल गाउँपालिका–२ गोल्चे लिदीमा बस्तीमाथिबाट शुक्रबार बिहान पहिरो खस्दा पाँच जनाको मृत्यु भएको छ। १५ जना घाइते भएका छन्। गम्भिर घाइते पाँच जनालाई हेलिकप्टरबाट उद्धार गरी उपचारको लागि अस्पताल लगिएको छ। पहिरोमा अझै ३३ स्थानीय बेपत्ता रहेको प्रहरीले जनाएको छ। पहिरोमा ३८ जना हराएकोमा पाँचको मात्र शव फेला परेको हो। पहिरोले झण्डै डेढ दर्जन घर पुरेको स्थानीयले जानकारी दिएका छन्।  

यसअघि मध्याह्न प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा सैनिक हेलिकप्टर चढेर घटनास्थल पुगेका थिए। उनी चढेको हेलिकप्टरले घटनास्थलमा सेनाको टोली उतार्दै घाइतेको उद्धार गरेको हो। पहिरोमा बेपत्ताको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित स्थानीयको टोलीले खोजी गरिरहेको डिएसपी काफ्लेले जानकारी दिए।

प्रकाशित: ३० श्रावण २०७७ १०:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App