१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ज्यान मार्ने उद्योगका प्रतिवादी २४ वर्षपछि पक्राउ

खोटाङमा ज्यान मार्ने उद्योगको घटनामा संलग्न प्रतिवादी फरार रहेको झण्डै २४ वर्षपछि पक्राउ परेका छन् । २०५३ साल भदौ १२ गते साविकको दिप्सुङ र राखाबांदेलको सिमाना (हाल केपीलासगढी गाउँपालिका–६ दिप्सुङ र ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेल)मा पर्ने बाहाने भन्ने ठाउँमा भएको ज्यान मार्ने उद्योगको घटनामा संलग्न दिप्सुङकै ५४ वर्षीय प्रतिवादी युवराज राई पक्राउ परेका हुन् ।  

जिल्ला अदालत खोटाङबाट २०६५ साल चैत ३ गते ७ वर्ष कैंद सजाय हुने फैसला ठहर भएका प्रतिवादीलाई दिप्सुङकै बिसुदु जंगलबाट बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमोरियाले बताए । अभियुक्त राईलाई बिहीबार जिल्ला अदालतमा पेश गरिएकामा तत्काल कैंद भुक्तानका लागि कारागार पठाएको प्रहरीले जनाएको छ । सोही घट्नामा संलग्न तीन जना प्रतिवादी भने उसबेलै कैंद भुक्तान गरेर छुटिसकेका छन् ।

पछिल्लो दुई हप्तामा सवारी ज्यान मुद्धाका दुई जना र जबरजस्ती करणी मुद्धाका एक जना फरार प्रतिवादीलाई पक्राउ परेर अदालतमा पेश गरिएकामा तीनैजनालाई कैंद भुक्तानका लागि कारागार पठाइएको छ । हाल प्रहरीले फरार अभियुक्तको खोजतलास एबं पक्राउ अभियानमा सक्रियता बढाएको डिएसपी चिमोरियाले बताए । 

प्रकाशित: २९ श्रावण २०७७ ०८:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App