१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

दाङमा नेपाली सेनाका २९ जवानमा कोरोना

दाङमा मंगलवार नेपाली सेनाका २९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगन्ज स्थित भेरी अस्पतालमा गरिएको परीक्षणका क्रममा तुलसीपुर स्थित १९ नम्बर बाहिनीका २९ जना सेनाका जवानमा कोरोना संक्रमण पुष्टि भएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिएका छन् । १८ साउनमा प्यूठानमा कार्यरत एकजना सेनाका जवानमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

ति व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि उनको सम्पर्क भएका १९ नम्बर बाहिनिमा कार्यरत जवानहरुको पनि स्वाब परीक्षण गरिएको थियो । ‘केहि दिन अघि प्यूठानमा कार्यरत एकजना जवान तालिमका लागि नेपालगन्ज जाने क्रममा उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको रहेछ,’ प्रमुख जिल्ला अधिकारी रिजालले भने ‘उनीसंग सम्पर्क भएका १९ नम्बर बाहिनिका ३१ जनाको पनि स्वाब परीक्षण गरिएको र ति मध्ये २९ जनामा कोरोना पुष्टि भएको हो ।’ कोरोना पुष्टि भएकाहरुलाई १९ नम्बर बाहिनि भित्रै आइसोलेसनमा राखिएको छ । 

यसअघि पनि समुदायस्तरमा जिल्लामा कोरोना संक्रमण फेला परेको थियो । जिल्लाको गढवा गाउँपालिका वडा नम्बर ८ कोईलावासमा दुईजनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित: २७ श्रावण २०७७ १०:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App