१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

स्वास्थ्यकर्मीको लापरबाहीले बालिकाको मृत्यु भएको भन्दै प्रशासन कार्यालयमा बिरोध प्रर्दशन

चियाले पोलेर बालिकाका मृत्यु

चियाले पोलेर कपिलवस्तु नगरपालिका–८ मैनिहवाकी एक वर्षीया बालिकाका शनिबार बेलुका मृत्यु भएको छ । गुलाम मुसलमानकी एक वर्षीया छोरी सोफियाको मृत्यु भएको हो । बालिकाको कपिलवस्तु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । सुद्धोदन गाउपालिकाको लवनी घर भएका गुलामले मैनिहवामा सोफिया आल्मुनियम पसल चलाएर बसको छन्।  

त्यही पसलमा आमा खातुन निशाले चिया खाइरहेका बेला तान्दा छोरीको छातीमा चिया पोखिएको थियो । तातो चियाले पोले पछि घाइेते भएकी सोफियालाई तत्काल उपचारकालागि कपिलवस्तु अस्पताल लगिएको थियो । त्यही उपचार गरेको केही बेर मै छोरीको मृत्यु भएको बुबा गुलामले बताए । उपचारमा अस्पतालको ईमरजेन्सी फाटका कर्मचारीले गंभीर लापरवाही गरको उनले आरोप लगाए ।  

‘सास लिन अप्ठेरो भएको बेला छोरीलाई अक्सिजन दिइएन, मलाई औषधी लिन पठाईयो,’ उनले भने, ‘औषधी खाएको केही बेर मै छोरीको मृत्यु भयो ।’ स्वास्थ्यकर्मीको लापरबाहीले छोरीको ज्यान गएको भन्दै मृतक परिवार र छिमेकीहरूले प्रशासन कार्यालयमा साझ बिरोध प्र्रर्दशन गरेका छन्। उनीहरुले लापरबाही गर्ने (स्वास्थयकर्मीलाई कडा कारबाही र मृतक परिवारलाई उचित क्षतिपुर्तिको माग गरेका छन्। अस्पतात अघि र प्रशासन कार्यालय अघि सुरक्षाकालागि प्रहरी खटिएका छन्। उता अस्पतालका मेडिकल सुप्रीटेन्डेन्ट किशोर बन्जाडले बालिको उपचारमा स्वास्थ्यकर्मीले लापरबाही नगरको दाबी गरेका छन्। 

उनले जलेको बालिका भन्दा गंभीर अवस्थामा रहेका बिरामीहरूको स्वास्थ्यकर्मीले उपचार गरीरहेको बेला घाईते बालिका अस्पताल ल्याईएको थियो । घाईते बालिकालाई मलम लगाउने, औाषधी दिईएको र उपचारको बेला बालिका सिरियस नभएको बन्जाडेले बताए । उपचार गर्दा गर्दै बालिकाको एक्कासी मृत्यु भएको बन्जाडले बताए । ‘हामीसंग यसको सिसि टिभि फुटेज पनि छ, यसका स्वास्थ्यकर्मीको लापरबाही देखिदैन,’ उनले भने ।

प्रकाशित: २४ श्रावण २०७७ १५:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App