८ आश्विन २०७७ बिहीबार
समाज

भारतीय नागरिकसहित दुई जनालाई कैद

मकवानपुर जिल्ला अदालत हेटौँडाले प्रतिबन्धित लागुऔषधका कारोवार तथा बिक्री वितरण गर्ने एकजना भारतीय नागरिकसहित दुई जनालाई कैद र दण्डसजाय फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजलासले भारतको विहार राज्यको मोतिहारीका १८ वर्षीय जाकेर आलम तथा रौतहटका चन्द्रपुर नगरपालिका–६ का २० वर्षीय आशनारायण यादवलाई जनही दुई वर्ष कैद सजाय र एक लाख रुपैयाँ रकम दण्ड गर्ने फैसला गरेको छ । ती दुवै अभियुक्तलाई मकवानपुर प्रहरीले गत असोज ७ गते ना३३प २६१० नंको मोटरसाइकलमा वीरगञ्जबाट हेटौँडातर्फ आउँदै गरेको अवस्थामा लागुऔषध नाइट्रोजन १६५ वटा प्याकेटसहित प्रहरीले पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला अदालतमा बुझाइएको थियो ।

मोटरसाइकल धनीलाई झुक्याएर अन्य कामको प्रयोगका लागि मोटरसाइकल लिएर हेटौँडातर्फ आएको हुँदा उक्त मोटरसाइकल सम्बन्धित धनीलाई फिर्ता दिने गरी फैसला भएको अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए ।

प्रकाशित: २४ श्रावण २०७७ १३:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App