३ आश्विन २०८३ शनिबार
image/svg+xml
समाज

देशका विभिन्न स्थानबाट लागूऔषध सहित ३० जना पक्राउ

कैलाली, जानकी गाउँपालिका-७ उच्चा गोलौरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय बिर बहादुर चौधरी समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

धनकुटा, धनकुटा नगरपालिका-६ गोलाई बस्ने महालक्ष्मी नगरपालिका-८ घर भएका २४ वर्षीय उज्वल थापालाई नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ४ ट्याब्लेट र स्पास्पेन २ सय ४ ट्याब्लेट सहित शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो।

बझाङ, बित्थडचिर गाउँपालिका-८ रूपैलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १ किलो ९९ ग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा तलकोट गाउँपालिका-१ बस्ने ३२ वर्षीय नरेन्द्र कुमार ऐडी र जयपृथ्वी नगरपालिका-११ दयकुम्ला बस्ने ६१ वर्षीय सिंग धामी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बझाङ समेतबाट खटिएको प्रहरीले चैनपुरबाट धनगढीतर्फ जाँदै गरेको गरेको सु.प.प्र.०४-००१ ज ००८९ नम्बरको जीपलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक नरेन्द्र र जीपमा सवार सिंगलाई पक्राउ गरेको हो।

झापा, दमक नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय १० मिलिग्राम सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ बस्ने २३ वर्षीय सुजन माझी, २० वर्षीय सुविन कुमाल र २७ वर्षीय कुल प्रसाद सिवाकोटी रहेका छन्। इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी झापा, मेचीनगर नगरपालिका-७ ग्रामथानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३३ वर्षीय संजित राजबंशी र ३१ वर्षीय प्रबिण उराउ रहेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही ठाउँ बस्ने ४४ वर्षीय नारायण किसानको घरबाट खरिद गरेको भन्ने खुल्न आएपश्‍चात नारायणको घर तलासी गर्दा खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम १ सय ३० मिलिग्राम फेला पारी नारायणलाई समेत प्रहरीले पक्राउ गरेको छ।

धनुषा, धनुषाधाम नगरपालिका-८ धारापानी बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २७ ग्राम ९ सय १० मिलिग्राम सहित सिराहा बरियारपट्टी गाउँपालिका-२ बस्ने २६ वर्षीय नितेश कुमार महत्तो समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिवास समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

ललितपुर, ललितपुर महानगरपालिका-६ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ६० ट्याब्लेट र नाइट्राजेपाम १ सय ४५ ट्याब्लेट सहित ३ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सिन्धुली दुधौली नगरपालिका-६ घर भएका २२ वर्षीय विनित बुढाथोकी, काठमाडौं नैकाप बस्ने शंखरापुर नगरपालिका-४ घर भएका २६ वर्षीय नविन कार्की र ललितपुर महानगरपालिका-१७ ट्यागल बस्ने बारा गढीमाई नगरपालिका-२ घर भएका २१ वर्षीय सोनु कुमार साह कलवार रहेका छन्।

जिल्ला प्रहरी परिसर ललितपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

सिराहा, गोलबजार नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ८० मिलिग्राम सहित नरहा गाउँपालिका-३ खोरीया टोल बस्ने २४ वर्षीय महमद साहिल आलमलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

बारा, जीतपुरसिमरा उपमहानगरपालिका-७ बाट अवैध लागूऔषध गाँजा १६ किलो ५ सय ८० ग्राम सहित पर्सा पटेर्वा सुगौलि बस्ने २५ वर्षीय राम नाथ पासवानलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले पटेर्वा सुगौलीबाट जितपुरतर्फ आउँदै गरेको ना.२ ह ३१११ नम्बरको अटो जाँच गर्दा उक्त गाँजा फेला पारी चालक राम नाथलाई पक्राउ गरेको हो।

यसैगरी बारा, जीतपुरसिमरा उपमहानगरपालिका-७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम सहित पर्सा वीरगंज महानगरपालिका-३१ बस्ने २० वर्षीय दिपु राउत कुर्मीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरा एयरपोर्ट चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम ९ सय ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१३ डुमरवाना बस्ने ३७ वर्षीय नितेश चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले प्र.२-०३-०१९ प २५९५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

कास्की, अन्नपूर्ण गाउँपालिका-३ धारापानी बस्ने २७ वर्षीय सन्देश परियार समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम, नियन्त्रित लागूऔषध डाइजेपाम ९७ ट्याब्लेट र टापेन्टाडोल १ सय १० ट्याब्लेट सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले सन्देशको घर तलासी गर्दा उक्त लागूऔषध  फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।  

यसैगरी कास्की, पोखरा महानगरपालिका-५ बाट नियन्त्रित लागूऔषध डाइजेपाम ४ सय एम्पुल, बुप्रेनोर्फिन ६ सय एम्पुल, फेनारगन ६ सय १३ एम्पुल र टापेन्टाडोल ९ सय ९८ ट्याब्लेट सहित ६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा पर्वत मोदी गाउँपालिका-६ डिमुवा घर भएका प्रेम सुवेदी, ३५ वर्षीय होम थापा, ३३ वर्षीय सुरज नेपाली, रूपन्देही मायादेवी गाउँपालिका-१ घर भएका ४२ वर्षीय जनमेज्य केवट, २९ वर्षीय महेन्द्र आरख र सिराहा नवराजपुर गाउँपालिका-३ घर भएका ३३ वर्षीय राजेन्द्र कुमार यादव रहेका छन्।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले बा.प्र.०१-०३५ च १४३६ नम्बरको ईभी भ्यान जाँच गर्दा उक्त लागूऔषध फेला पारी चालक प्रेम र ईभी भ्यानमा सवार उनीहरूलाई पक्राउ गरेको हो।

महोत्तरी, बर्दिबास नगरपालिका-१ बाट अवैध लागूऔषध गाँजा करिब १ सय ९६ किलोग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धादिङ गल्छी गाउँपालिका-२ खरी ढुङ्गा बस्ने २६ वर्षीय रोशन भुजेल र मकवानपुर मनहरी गाउँपालिका-७ बस्ने ३६ वर्षीय बिरेन्द्र स्याङ्बो रहेका छन्।

इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले बा.५ च ८००१ नम्बरको पिकअप गाडी जाँच गर्दा १५ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक रोशन र उक्त गाँजा ओसारपसारमा संलग्न रहेका प्र.३-०३-००१ प ३५२८ नम्बरको मोटरसाइकलमा सवार बिरेन्द्रलाई पक्राउ गरेको हो।

पक्राउ परेका सबै ३० जनामाथि सम्बन्धित जिल्ला तथा इलाका प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित: ३ आश्विन २०८३ २०:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App