१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मृतकमा कोरोना पुष्टि, काेराेनाबाट साउनयता पर्सामा १५ जना मृत्यु

वीरगन्जको अस्थायी कोरोना विशेष अस्पतालमा बिहीबार बिहान मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै साउनयता पर्सामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ । वीरगन्ज–१० आदर्शनगर घर भएका ५६ वर्षीय पुरुषलाई गण्डकस्थित अस्थायी कोरोना बिशेष अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

उनको पिसीआर परीक्षण रिपोर्ट आउन बाँकी थियो । साँझ नारायणी अस्पतालको पिसीआर परीक्षण प्रयोगशालाबाट आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको गण्डकस्थित नारायणी अस्थायी कोरोना अस्पालका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए । 

यो पनि पढ्नुहोस्

कोरोना अस्पतालमा थप एकको मृत्यु, स्वाब परीक्षण हुँदै

पहिलेदेखि मधुमेह र मुटुर सम्बन्धी रोगले पिडित रहेका उनमा श्वास प्रश्वासमा समस्या देखिएपछि एक दिन अगाडि अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पताल मा भर्ना गरिएको थियो । स्वास्थ्य अवस्थामा सुधार नभएपछि बुधबार राति १० बजेतिर सघन उपचार कक्षको भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । सोही क्रममा बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । यसअघि साउनभित्र पर्सामा १४ जनाको मृत्यु भएको थियो ।

प्रकाशित: २२ श्रावण २०७७ १४:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App