coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

प्रदेश १ मा कोरोना संक्रमण दर बढ्दै

प्रदेश १ मा कोरोना संक्रमण दर झन झन बढ्दै गएको छ । पछिल्लो समय प्रदेशकै हटस्पट बनेको राजधानी विराटनगरमा पनि संक्रमित थपिने क्रम जारी छ ।

बिहीबार प्रदेशमा एकैदिन अहिलेसम्मकै सबैभन्दा धेरै ६६ जनामा  संक्रमण पुष्टि भएको छ । तीमध्ये २१ जना विराटनगरकै छन । प्रदेश सरकारले दिएको जानकारी अनुसार बिहीबार प्रदेश १ मा ५१ पुरूष र १५ जना महिलामा संक्रमण देखिएको हो । बिहीबार मोरङमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

सुनसरीमा १९ जनालाई संक्रमण देखिएको छ । धरान उपमहानगरपालिकामा ११ पुरूष र ३ महिला गरि १४ जनालाई संक्रमण देखिएको छ । यस्तै इटहरीमा ४ पुरुष र १ महिलामा संक्रमण देखिएको छ भने झापाको मेची नगरपालिका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । उता इलाम नगरपालिकामा १५ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रदेश १ मा बिहीबारसम्म १२ सय ५५ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरुमध्ये ९०५ जना उपचारपछि कोरोनामुक्त भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । प्रदेशमा अहिलेसम्म कोरोनाबाट ४ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित: २२ श्रावण २०७७ ०९:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App