coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

प्रदेश २ मा एकैदिन थपिए २२७ संक्रमित

संक्रमित ५२७२, मृतक २१

बुधबार २ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेश २ मा संक्रमितको संख्या ५ हजार २ सय ७२ पुगेको छ । सबैभन्दा बढी संक्रमित १ सय ४७ जना पर्सा जिल्लामा थपिएका छन् । यससँगै पर्सामा कूल संक्रमितको संख्या ७ सय २२ पुगेको छ ।

बुधबार बारा जिल्लामा १९, धनुषामा २३, महोत्तरीमा १४, सर्लाहीमा १९, सप्तरीमा १ र सिरहामा ४ जना संक्रमित थपिएका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार बुधबारसम्म संक्रमितको कूल सँख्या सप्तरीमा ५ सय २३, सिरहामा २ सय १९, धनुषामा ७ सय ६४, महोत्तरीमा ८ सय ५२, सर्लाहीमा ७ सय ३१, रौतहटमा १ जहार २ सय ५९, बारामा १ सय ९७ र पर्सामा ७ सय २२ छन् । यस अवधिमा सप्तरीदेखि क्रमशः ८ हजार ८ सय २२, ४ हजार २ सय १६, ६ हजार ४ सय ६९, ४ हजार ८६, ६ हजार २ सय १, १५ हजार ७ सय ११, ५ हजार २ सय ७६, ११ हजार ३ सय ९५ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । 

बुधबारसम्म कोरोनाबाट सप्तरीमा १, धनुषामा १, महोत्तरीमा १, रौतहटमा २, बारामा २ र पर्सामा १४ जनाले मृत्युवरण गरेका छन् । यस अवधिमा यस प्रदेशका आइसोलेसन अस्पतालबाट ३ हजार २ सय ३२ जना निको भएर घर फर्किसकेका छन् 

प्रकाशित: २१ श्रावण २०७७ १३:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App