coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सात दिन देखि सडकमा

बाढीपहिराेको पिडा

नोट तस्विर पनि छ ७ दिन देखि हुलाकी सडकमा पाल टाँगेर विस्थापितहरु। तस्विर सौजन्य– योगेश काफ्ले।

भजनी वडा नम्वर ८ काडाढिकका भीम बहादुर जनाला छ जनाको परिवार सहित सात दिन देखि हुलाकी सडकमा पाल टाँगेर वसेका छन।  गत बुधवार एक्कासी नदीको बाढी वस्तीमा पसेर घर डुवाएपछि ज्यान जोगाएर श्रीमती र छोरा छोरी सहित उनी सडकमा आएर वसेका हुन। डुवान परेको पानी सुकेर घर फर्कने दिनको पखाई वस्दा वस्दै ७ दिन भैसकेपनि घर कहिले फर्कने भन्ने टुंगो छैन।‘घरको पानीको सुकेको छैन, काठको खम्वा हालेर बनाएको कच्ची घर पनि बाढीले पुरै मख्खीसकेको छ’उनले भने,‘पानी सुकेपछि पनि मख्खिीसकेको घरमा मर्मत नगरि वस्न गाह्रो छ।’ विस्थापित भएर सडकमा आएपछि सोमवार ६ दिनसम्म चाउचाउ र चिउराकै भरमा परिवार वसेको उनले सुनाए।‘घरवाट केहि समान ल्याउन पाएनौं, सडकमा वसेपछि राहात पाइएको चाउचाउ र चिउरा मात्रै हिजो सम्म खाएर काट्यौं’उनले भने,‘हिजो सोमवार साँझ मात्र १० के.जीं चामल र दाल पाइयो।’

भजनी ८ कै ध्वज बहादुर बि.क. पानी एक्कासी आगनमा आएर घर नै डुवाउन थालेपछि सवै समान छोडेर ४ जनाको परिवार लिएर हुलाकी सडकमा पुगे।‘शुरुका २४ घण्टा त केहि खान नपाएर भोकभोकै वसे’उनले भने,‘पछि चाउचाउ र चिउरा पाइएपछि त्यहि खाएर वस्यौं।’ हिजो साँझ चामर र दाल पाइएपछि ६ दिनपछि दातभात खान पाएको उनले बताए। घरमा पानी नसुकेकोले अझै सडकमै वस्नु परेको उनले सुनाए।

भजनी ८ का मोती बि.क को घर बाढीले भत्कीसकेको छ। ३ छोरी र १ छोरा सहित उनी पनि ७ दिन देखि हुलाकी सडकमै आश्रय लिएर वसेकी छन।‘ बाढीले सवै लुगाकपडा, खाद्यान, सरसमान नष्ट त सवैको गर्यो, मेरो त घर समेत भत्काईदियो।’उनले भनिन्,‘पानी सुकेपछि कसरी घर बनाउने भन्ने चिन्ता भएको छ।’

भजनी ८ का खेमराज काफ्ले ले बाढीले घरमा रहेका चामल, गहुँ सवै नष्ट भएको बताए। बर्षातमा बाढीले घर डुवानमा पर्ने र उच्चो स्थानमा आश्रय लिएर वस्नुपर्ने प्रत्येक बर्षातको नियती रहेको उनले बताए। ‘ बिगतका बर्षमा बाढी घरको आगनमा आउने बित्तिकै सरसमान समातेर, चौपाय लगेर उच्चो ठाउँमा जाने गथ्र्यौैं’उनले भने,‘यस पटक यसरी बाढी आयो कि एकैपटक घर डुवाउन थालेपछि सरसमान लैजान त काहाँ हो, आफ्नै ज्यान जोगाउन गाह्रो भयो।’ सरसमान केही लैजान नपाएकाले बढी समस्या भएको उनले बताए।‘नजिक आफन्तहुनेले आफन्तवाट चालम, दाल ल्याएर खाएपनि अधिकाशंले ५, ६ दिन सम्म खाना खान नपाएको उनी बताउछन।‘पाइएको चाउचाउ, चिउरा खाएर नै सवैजना वसें’उनले भने,‘हिजो साँझदेखि चामल र दाल वाडेका छन।’

गत बुधवार बाढीले वस्ती डुृवाएपछि सरसमान छोडेर ज्यान बचाएर बिस्थापित भएका कैलाली भजनीका सयौ परिवार अझै घर फर्कन सकेका छैनन्। एक साता देखि घर फर्कने दिनको पखाईमा उनीहरु हुलाकी सडकमा पाँल टाँगेर वसेका छन। मंगलवार देखि आएको अविरल बर्षाले बुधवार पथरिया, काडा नदी वस्तीमा पस्दा भजनी गाउँपालिकाको वडा नं २, ३, ५ र ८ मा दुई हजार बढी घर विस्थापित भएका थिए। पानी सुकेपछि बिस्थापित मध्य १५ सय परिवार जती घर फर्किसकेको भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले बताए। ‘बाढीको पानी सुकेपछि धेरै परिवार घर फर्किसकेका छन, आज पनि धेरै परिवार फर्के’उनले भने,‘अझै ५ सय जती परिवार फर्कन सकेका छैनन्।’

सवै विस्थापित हरुलाई चामल, दाल मंगलवार साँझ सम्म दिइने उनले बताए।

वडा नम्वर ८ का वडा अध्यक्ष पंकज चौधरीले त्रिपाल, चामल, दाल नुन तेल बितरण गरिएको बताए। वडा नम्वर ८ को मात्र १२ सय परिवार बिस्थापित भएकोमा पानी सुकेपछि धेरैजसो घर फर्किसकेको उनले बताए।‘अरु सवै घर फर्किसकेका छन्, घर फर्किरहेका पनि छन, अझै डेढ दुई सय परिवार विस्थापित नै छन।’उनले भने  

उद्धार सामग्री नहुदाँ २ जनाको ज्यान गयो
नदीको वाढी गाउँमा पसेपछि ज्यान जोगाएर सवै सुरक्षित स्थलतर्फ जान थाले। बृद्धबृद्धा, बालबच्चाको उद्धार गर्न थालियो। यहि बिचमा बुधवार भजनी वडा नम्वर ८ का ४० बर्षिय ईश्वर शाह, ३३ बर्षिय चक्र बि.क.पनि उद्धारका लागी निस्के तर वाढीले उनीहरुलाई बगायो। स्थानिय तथा आफन्तले आँखा अगाडी बगिरहेको देखेपनि केही गर्न सकेनन्।‘बाढी बगाएर लगेपछि उनीहरुले पौडिखेल्न सकेनन्, हाम्रो आँखा अगाडी बगीरहेको देखेर पनि बचाउन सकिएन’स्थानिय खेमराज काफ्लेले भने,‘उद्धार सामग्री मात्र भएको भए उनीहरुको ज्यान जोगाउन सकिन्थ्यो।’ प्रत्येक बर्ष बर्षातमा बाढी आउने र बाढी धनजनको क्षती हुने गरेपनि सरकार लगायत राज्यका निकायले बाढीको पुर्व तयारी र बाढी आएपछिको उद्धारको लागी खास ध्यान नदिएको स्थानियको गुनासो छ।‘सधै बाढी आउने गाउँमा बाढी उद्धार गर्ने वोट, नाउँ लगायतको सामग्री सम्म छैन’उनले भने,‘प्रहरीलाई खवर गर्दा समेत समयमै उद्धार हुन सकेन।’  

सुदूरपश्चिममा गत मंगलवार राती देखि आाएको अविरल बर्षाका कारण भजनी वडा नं ८ का ३ जनाको ज्यान गएको थियो।

सुरक्षित स्थानतर्फ जाने क्रममा बगेर ११ बर्षिय स्केल चौधरीको ज्यान गएको थियो।  

भजनी ८ मा मात्र बाढीले ६ घर पुर्ण रुपमा क्षती भएको अन्य दर्जनौ घर चिरा परेको र मख्खीएको स्थानिय युवा योगेश काफ्लेले बताए।‘बाढीले ठूलो क्षती गरेको छ ’उनले भने,‘धेरै घरमा नोक्शान छ।’ ७५ प्रतिशत घरमा पानी सुकिसकेपनि अझै एक चौथाई घरमा पानी सुक्न वाँकी छ। पानीको सुकेको घर वरिपरि बाढीले बगाएर ल्याएका किरा, पठ्याग्रा, जिव जन्तु सढेर दुर्गन्ध फैलिएको उनले बताए।

पथरैया नदीले तठबन्द भत्काएर गाउँमा पस्दा भजनी ८ का दैलेखी टोल,कुसमघाट,कृष्णनगर, गोरचौडा,खैरा, जनकपुर, बहादुरपुर, काडाढिक र सोनाहफाटा गाउँ डुवानमा थिए भने वडा नम्वर ३ का काडाँ नदीले ढुसीमा तठबन्द भत्काएर नदी वस्तीमा पसेको थियो।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर वोहराले कैलालीमा बाढीले बिस्थापित धेरैजसो घर फर्किसकेको र भजनीमा मात्र अझै केहि बिस्थापित परिवार हरु घर फर्कन वाँकी रहेको बताए। विस्थापित परिवारलाई राहात दिईराखिएको बताए। क्षतीको विवरण संकलन भैरहेको उनले बताए।

प्रकाशित: २१ श्रावण २०७७ ०१:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App