६ चैत्र २०८० मंगलबार
समाज

श्रोत नखुलेको १६ लाख नगदसहित एक जना पक्राउ

कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर ४ गोब्ली बगैचाबाट श्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । मायादेबी गाउँपालिका– १ पकडीका सुन ब्यापारी ३६ वर्षीय विनोद सोनार १६ लाख रुपैयाँसहित पक्राउ परेका हुन् ।

भारतीय नाका चारकचौडाबाट नेपाल छिेरेका सोनार सुरक्षाकर्मीलाई देखेपछि भाग्न खोजेका थिए । सोनारलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा उनीबाट १६ लाख नगद बरामद भएको सशस्त्र प्रहरी निरीक्षक सन्तोष देवकोटाले बताए ।

बिशेष सुराकीका आधारमा सोनारलाई पक्राउ गरिएको देवकोटाले बताए । सोनारबाट १ हजार दरका एक एक सय थानका १२ गड्डी र ५ सय दरका एक एक सय थानका ८ गड्डी बरामद गरिएको थियो । सुन किन्नका लागि सो रकम ल्याएको हुन सक्ने अनुमान गरिएको छ । 

पक्राउ परेका सोनारलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको देवकोटाले बताए ।

प्रकाशित: २० श्रावण २०७७ १३:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App