१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दुई लाख घुस लिदै गर्दा राजस्व अनुसन्धान प्रमुख पक्राउ

राजस्व अनुसन्धान बुटवलका प्रमुख विजय राना २ गुड्खा उद्योगीसँग २ लाख रुपैयाँ घुस लिदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको छ ।  

मंगलबार विहान साढे १० बजेतिर बुटवल उपमहानगरपालिका वडा न. १३ बुद्धचौकमा गुड्का व्यवसायी अनिलकुमार झासँग घुस रकम लिदै गर्दा तेस्रो पक्षबाट आएको सूचनाका आधारमा अनुसन्धान प्रमुखलाई पक्राउ गरिएको हो । बुटवल १३ नयाँगाउँमा राजस्व अनुसन्धान बुटवलको कार्यालय रहेको छ ।  

कार्यालय नजिकै घुस रकम लिने बिषयमा बार्गेनिङ भइरहेको सूचना आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोली त्यहाँ पुगेको प्रमुख डा. भिष्मकुमार भुसालले जानकारी दिए । उनले पक्राउ गरिएका रानालाई थप कारवाहीका लागि आवश्यक प्रक्रिया अघि बढाइने बताए ।  

यसअघि सोमबार बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकायालाई ८ लाख ९८ हजार श्रोत नखुलेको रकमसहित पक्राउ गरेको थियो । श्रोत नखुलेको भनिएको उक्त रकम कमिशन वापत आएको सूचनाका आधारमा पक्राउ गरि थप कारवाहीका लागि अघि बढाइएको अख्तियार बुटवल कार्यालयले जनाएको छ ।

प्रकाशित: २० श्रावण २०७७ ०८:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App