१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जंगली जनावर मार्न थापेको विद्युतीय धरापमा परि दाजुभाईको मृत्यु

जंगली जनावर मार्नका लागि धापिएको विद्युतीय धरापमा परि दाङमा दुई दाजु भाईको मृत्यु भएको छ । घोराही उपमहानगरपाालिका–१ हर्नकका दिलबहादुर रावतले मकै बारीमा थापेको विद्युतीय धरापमा परि सोमबार उनका दुई छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

प्रहरीका अनुसार मकै बारीमा थापिएको करेन्ट लागेर दिलबहादुरका १४ वर्षीय छोरा बिरबल रावत र १० वर्षीय छोरा तेजबहादुर रावतको मृत्यु भएको हो । उनीहरू मकै लिनका लागि भन्दै बारीमा पसेका बेला बारीमा थापिएको करेन्ट लागेको प्रहरीले जनाएको छ ।  यसैगरि दिलबहादुर पनि करेन्ट लागेर घाईते भएका छन् ।  

मकै बारीमा दुई छोराहरू करेन्ट लागेर कराएपछि छुटाउन गएका बाबु दिलबहादुरलाई पनि करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भिर घाईते भएका दिलबहादुरको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।  

दिलबहादुरले बारीमा लगाएको मकै जंगली जनावरले खाएर क्षेती पुर्याएको भन्दै जंगली जनावर मार्न बारीमा विद्युतीय धराप थापेका थिए ।

प्रकाशित: १९ श्रावण २०७७ १२:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App