७ वैशाख २०८१ शुक्रबार
समाज

वर्षापछि भिरको ढुंगाले किच्दा ४ जनाको मृत्यु

भासियो सिद्धार्थ राजमार्ग

गुल्मीको रुरु गाउँपालिका ५ आटीपाटा बोटे गाँउमा अविरल वर्षापछि ढुंगाले च्यापेको घर । तस्बिर : सामाजिक सञ्जाल

अविरल वर्षाका कारण बाढी र पहिरोले जनजीवन अस्तव्यस्त बनाएको छ । प्रदेश ५ का पहाडी जिल्लामा पहिरोले त्रासतीपूर्ण बनाएको छ । अविरल वर्षापछि गुल्मीमा शुक्रबार राती भिरमा अडकेको ढुंगाले घर च्यप्दा एकै घरका चार जनाको मृत्यु भएको छ ।

रुरु क्षेत्र गाउँपालिका वडा न. ५ आटीपाटा बोटे गाउँका राजु बोटे माझीको टिनले छाएको एक तले कच्ची घरमा ठूलो ढुङ्गा बजारिदा आमासहित ३ जना सन्तानको एकै चिहान भएको हो । घटनामा परि  ३० वर्षीया बिना बोटे माझी, उनका ९ र ७ वर्षका दुई छोरा र १० महिनाकी छोरीको मृत्यु भएको छ ।

बलेटक्सारबाट उर्लीखोला जाने कच्ची मोटरबाटो भन्दा केहि तल पहिरो गएपछि ठूलो ढुंगा घरमाथि बजारिदा सुतिरहेका बेला ४ जनाको मृत्यु भएको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । उनले सुरुमा सडक निर्माणका क्रममा छेउमा राखिएको ढुंगासहितको पहिरोले मृत्यु भएको खबर आएपछि स्थलगत अवलोकनपछि सडकभन्दा केहि तल भिरमा रहेको ठूलो ढुंगा वर्षाले माटो गलेपछि गुल्टदै २ सय मिटर तल बोटे माझीको घरमा बजारिएको बताए ।

अघिल्लो दिन पहिरोले घर बगाएको सूचना आएपनि १० फिट लम्बाई ८ फिट चौडाई ४ .३ फुट उचाईको ढुंगा घरमाथि बजारिदा उक्त घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपि केदारराज पन्तले बताए । स्थानीयहरुले भने सडक निर्माणका क्रममा छेउमा ठूलो ढुंगा राख्दा बोटे परिवारको एकै चिहान भएको गुनासो गरेका छन् ।  

रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष निलकण्ठ गौतमले विकट क्षेत्र भएकाले उक्त ठाउँमा धेरै नपुगेको तर आफू प्रत्यक्ष रुपमा त्यहाँ पुगेकाले वर्षापछि पहिरो जादा ढुंगा उछिटिएर घरमा बजारिएर घटना भएको बताए । उनले बोटेगाउँका ७ घरलाई सुरक्षित स्थानमा सार्ने तयारी भएको बताए । प्रदेश न. ५ का पहाडी क्षेत्रमा पहिरोले सडकहरु प्राय अबरुद्ध भएका छन् । विकास निर्माणका नाममा जताततै सडकहरु खुलेकाले अधिकांश ठाउँमा पहिरो गएको छ । प्रदेश ५ मा जेठ १ गतेदेखि हालसम्म बाढी, पहिरो र डुबानमा परि ३७ जनाको मृत्यू भएको छ भ ३६ जना घाईते भएको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । ७५ घर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।  

सिद्धार्थ राजमार्ग भासियो  

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडकखण्डको पाल्पा दोभानमा सडक भासिएको छ । तिनाउ गाउँपालिका वडा नं ३ स्थित दोभान प्रहरी चौकीदेखि १ सय मिटर दक्षिणमा सडक भासिएको हो । सडक भासिएपछि ठूला सवारी साधनको आवात जावतलाई रोक लगाइएको प्रदेश न. ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख एसएसपि डम्बर बहादुर विश्वकर्माले बताए ।

करिव १२ मिटर लम्वाई डेढ फुट सडक चिरा परेर फाँटेकाले चारपाङग्रे सवारी साधनको आवतजावतमा रोक लगाइएको एसएसपि विश्वकर्माले बताए । बुटवलबाट उत्तर जाने सवारी साधनहरु चिडिया खोला र पाल्पाबाट बुटवल आउने ठूला सवारी साधनहरुलाई बर्तुङमा रोकिएको छ । सडक मर्मत गरेपछि मात्रै सवारी गुड्न दिने प्रहरीले जनाएको छ । वर्षा सुरु भएपछि बुटवल पाल्पा सडकखण्ड बेला बेलामा अवरुद्ध हुँदै आएको छ । छिनछिनमा पहिरो जाने र सडक अवरुद्ध हुनेक्रम जारी रहेकाले यात्रुले पाउनुसम्मको सास्ती पाएका छन् । असारदेखि अहिले सम्ममा बुटवल पाल्पा सडक खण्डमा १४ पटक पहिरो गएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । अहिलेसम्म ८६ घण्टा ३५ मिनेट सडक अवरोध भएको एसपि विश्वकर्माले बताए ।

प्रकाशित: १७ श्रावण २०७७ १३:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App