१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

विस्थापित परिवार तीन दिनदेखि सडकमा

नदीमा आएको बाढी बस्तीमा पसेर विस्थापित भएका कैलाली भजनीका दुई हजार परिवार शुक्रबार साँझसम्म घर फर्कन सकेका छैनन्। उनीहरू तीन दिनदेखि हुलाकी सडक किनारमा बसिरहेका छन्।  

विस्थापित परिवार घरमा पानीको सतह नघटेकाले अहिलेसम्म घर फर्कन नसकेको स्थानीयले बताएका छन्। हुलाकी सडककिनारमा उनीहरू पाल टाँगेर बसेका छन्। हुलाकी सडकको कृष्णनगरदेखि सोनाफा“टासम्मको उच्च स्थानमा विस्थापित परिवार बसिरहेका छन्।

‘घरमा ७, ८ फिट पानी छ, लत्ताकपडा, खाद्यान सबै पानीले नष्ट ग¥यो,’ स्थानीय कृष्ण चौधरीले भने, ‘हुलाकी सडकमा तीन दिनदेखि बसेका छौं, कहिले पानी सुक्ने हो र घर फर्कन पाउने केही टुंगो छैन।’ विस्थापितले खानाको समस्या भएको बताएका छन्।  

भजनी नगरपालिका–२, ३, ५ र ८ मा बुधबार नदीको बाढी पसेर जलमग्न भएको छ। अहिलेसम्म पानीको सतह नघटेकाले भजनीमा कति घर भत्किए, कति नोक्सान भयो भन्ने विवरण संकलन गर्न नै नसकिएको प्रहरी नायब उपरीक्षक विष्टले बताएका छन्। बाढीले ठूलो धनमालको क्षति भएको छ। बुधबार आएको बाढीले जिल्लाभरमा भएको क्षतिको विवरण अझै संकलन हुन नसकेको उनले बताए।

तीनजनाको शव भेटियो

सुदूरपश्चिममा बाढीपहिरोका कारण बेपत्ता तीनजनाको शव शुक्रबार फेला परेको छ। मंगलबार रातिदेखि बिहीबारसम्म भएको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ। बुधबार बाढीले बगाएर बेपत्ता भएका ४० वर्षीय ईश्वर शाह र ३३ वर्षीय चक्र विकको शव शुक्रबार फेला परेको हो। बाढीले बगाएको ठाउँभन्दा एक किलोमिटर टाढा पथरिया र गौरा खोला दोभाननजिक झाडीमा शाह र बिकको शव फेला परेको कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए। यसअघि बिहीबार ११ वर्षीय स्केल चौधरीको शव फेला परेको थियो।

यसैगरी बाजुरा बुढीगंगा नगरपालिका–१ अम्कोटमा गोरु चराउन गएका बेला जंगलमा माथिबाट आएको पहिरोमा परी बुधबार बेपत्ता भएका २२ वर्षीय धर्मराज तिमिल्सिनाको शव शुक्रबार फेला परेको प्रहरीले जनाएको छ। त्यस्तै, कञ्चनपुरको कृष्णपुर नगरपालिका वाणी भएर बग्ने बन्दा नदीमा डुबेर कृष्णपुर–२ की १८ महिनाकी अमृता थापाको मंगलबार मृत्यु भएको थियो।

एक सयभन्दा बढी घर भत्किए

बुधबार विभिन्न नदीमा आएको बाढी बस्तीमा पसेर टीकापुरलगायत जिल्लाका विभिन्न ठाउँमा एम सयभन्दा बढी घर भत्किएको प्रहरी नायब उपरीक्षक विष्टले बताएका छन्। ‘भजनीमा डुबान नै भएकाले त्यहाँ कति घर भत्किएका छन् विवरण आउन बाँकी छ, भजनीबाहेक जिल्लामा एक सय जति घर भत्किएका छन्,’ उनले भने, ‘भजनीको पनि विवरण आएमा बाढीले भत्किएका घरको संख्या अझ बढी हुनेछ।’

कैलालीको जानकी, भजनी र जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिकालगायतमा गरी बाढीले ६ हजार दुई सय ७० घर डुबान परेका थिए।  पानीको सतह घटेपछि अन्य ठाउँका विस्थापित भने घर फर्किसकेको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए। भजनीका करिब दुई हजार परिवार भने अझै विस्थापित छन्।  कालीकोटमा दुई जनाको मृत्यु

छुट्टाछुट्टै पहिरोमा परी कालीकोटमा शुक्रबार दुई जनाको मृत्यु भएको छ। रास्कोट नगरपालिका–१ चडिपानीका ६० वर्षीय घण्टी भण्डारी र पलाँता गाउँपालिका–८ दाम्रीका २४ वर्षीय कमल रोकायको मृत्यु भएको हो।

लेकमा घाँस काट्न जंगल जाँदै गर्दा पहिरोमा परी भण्डारीको मृत्यु भएको प्रहरी चौकी मुम्राका प्रहरी सहायक निरीक्षक मावी चन्दले जनाए। त्यस्तै, कुलो मर्मत गर्ने क्रममा पहिरोमा परी रोकायको मृत्यु भएको कालीकोट प्रहरीले जनाएको छ। साथै, उक्त पहिरोमा परी पुन्न र नैन रोकाय घाइते भएको इलाका प्रहरी कार्यालय थिर्पुका प्रहरी हवल्दार कर्णबहादुर शाहीले जानकारी दिए।

प्रकाशित: १७ श्रावण २०७७ ०३:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App