८ वैशाख २०८१ शनिबार
समाज

पर्सामा ६४ जना संक्रमित थपिए

वीरगन्जको विभिन्न वडामा गरिएको समुदाय स्तरमा 'मास टेस्टिङ्ग' को शुक्रबार राती आएको नतिजामा ६४ जनामा संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले यसको पुष्टि गरेका छन्।

डा. उपाध्यायकाअनुसार संक्रमित हुनेमा एक जना भिआइपी, एक जना चिकित्सक, एक जना पारा मेडिकल स्टाफ पनि रहेका छन्। उनले भनेका भिआइपी पर्सा -१ का सांसद प्रदीप यादव रहेको बुझिएको छ । सांसद यादवले अफ्नो फेसबुक वालमा लेख्दै आफुलाइ संक्रमण भएको पुष्टि गरेका छन्। संक्रमित मध्ये १५ देखि ६८ बर्ष उमेरका ६१ पुरुष र ३ महिला रहेका छन्।

प्रकाशित: १६ श्रावण २०७७ १८:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App