१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

विप्लवका जिल्ला इन्चार्ज सहितका १० जना पक्राउ

डेढ लाख बढी नगद र रिभल्भर गोली बरामद

रुपन्देही प्रहरीले विप्लव माओवादीका रुपन्देही इन्चार्ज सहित दश जनालाइ शुक्रबार पक्राउ गरेको छ । बुटवलको मोतीपुर रानीगञ्जबाट विप्लवका जिल्ला इन्चार्ज संगम भनीने टेकबहादुर पुन,जिल्ला सेक्रेटेरी नविन चौधरी सहितका १० जना नेता कार्यकर्ता पक्राउ परेका हुन । पक्राउ पर्नेमा जिल्ला सचिवालय सदस्य बिष्णु भट्टराइ (विश्वास),अनेरास्ववियु क्रान्तिकारीका सदस्य पारस राहदी,जिल्ला सदस्यहरु माधव न्यौपाने,सरिता बराह,तुलसीराम भण्डारी,अजअहमद मिया,बलबहादुर दर्जी र रोशन रिजाल छन ।  

उनीहरुको साथबाट रिभल्भर,केही राउण्ड गोली र डेढ लाख बढी नगद पनि बरामद भएको छ । मेड इन जापान लेखेको एउटा रिभल्भर र त्यसमा लाग्ने २ थान गोली,नाइन.एक्स नाइन्टिन लेखेको ४ राउण्ड र एट्टी फाइव लेखेको ४ राउण्ड गोली पनि बरामद भएको रुपन्देहीका प्रहरी प्रमुख हेमकुमार थापाले बताए । उनीहरुको साथबाट १ लाख ६८ हजार नगद,६ थान मोवाइल र बिभिन्न दस्तावेज बरामद भएको प्रहरी प्रमुख थापाले जानकारी दिए ।

विप्लवका जिल्ला इन्र्चाज सहितको टोलीलाइ बुटवल उपमहानगर १७ रानीगञ्ज स्थित गमबहादुर थारुको घरमा बैठक बसीरहेको अवस्थामा प्रहरीले  पक्राउ गरेको हो । करिब एक महिना अघि रुपन्देहीको देवदह नगरापलिकाका मेयरलाइ नै विप्लवको जिल्ला जनअदालत प्रमुख कमलमणी र जिल्ला जनपरिषदको नाममा धम्की सहितको पत्र पठाइएपछि प्रहरीले विप्लवका नेताकार्यकर्ताको खोजीलाइ अझ तिब्रता दिएको थियो । देवदह ३ को टटेरामा सुकुम्बासीका नाममा सार्वजनिक जग्गा कब्जा गरेर बसेकालाइ सो स्थानबाट नहटाउन धम्की दिदै विप्लव माओवादीले नगरप्रमुख हिराबहादुर खत्रीलाइ  घर खाली गर्न चेतावनी दिदै कारबाही गर्ने धम्की दिइएको थियो । रुपन्देहीका प्रहरी प्रमुख एसपि थापाले विप्लवको जिल्ला इन्र्चाज सहितका नेता कार्यकर्ता पक्राउ गरीएको र बाँकीलाइ पनि छिट्टै पक्राउ गरीने बताए ।

प्रकाशित: १६ श्रावण २०७७ १७:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App