३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

बानेश्वर प्रदर्शनका घाइते मध्ये २९ जनाको अवस्था गम्भीर

अस्पतालहरूमा उपचारका लागि स्रोतको अभाव, स्थिति भयावह

काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा भएको ‘जेन जी’ को प्रदर्शनका क्रममा प्रहरीको बल प्रयोगबाट घाइते भएकामध्ये कम्तीमा २९ जनाको अवस्था गम्भीर रहेको विभिन्न अस्पतालहरूले जनाएका छन्।

सिभिल अस्पताल, ट्रमा सेन्टर, काठमाडौं मेडिकल कलेज लगायतका अस्पतालमा उपचाररत सयौं घाइतेमध्ये २९ जनालाई अति सघन उपचार कक्ष (आईसीयू) र आकस्मिक कक्षमा राखेर उपचार भइरहेको छ।

अस्पताल स्रोतका अनुसार, गम्भीर घाइतेहरूमध्ये अधिकांशको टाउको, छाती र पेटमा गहिरो चोट लागेको छ। केहीलाई रबरको गोली लागेर रक्तश्राव भएको छ भने केही अश्रुग्यास र लाठी चार्जबाट गम्भीर घाइते भएका छन्।

घाइतेहरूको संख्या बढ्दै जाँदा अस्पतालहरूमा रगत, औषधि र बेडको अभाव हुन थालेको छ। चिकित्सकहरूले स्थितिलाई ‘भयावह’ बताउँदै तत्काल थप स्वास्थ्यकर्मी र स्रोतसाधनको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

सोमबार भएको प्रदर्शनमा प्रहरीको गोली लागेर हालसम्म १४ जनाको मृत्यु भइसकेको छ भने सयौंको संख्यामा प्रदर्शनकारीहरू घाइते भएका छन्।

प्रकाशित: २३ भाद्र २०८२ १७:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App