५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

दुई एआइजीलाई दर्ज्यानी चिह्न प्रदान

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका दुई प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरेको छ । महानिरीक्षक थापा क्षेत्रीले आज प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा साउन १२ को मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार डिआइजीबाट एआइजी पदमा पदोन्नति भएका निरजबहादुर शाही र पद्युमनकुमार कार्कीलाई दर्ज्यानी चिह्न प्रदान गरे ।

सोही कार्यक्रममा महानिरीक्षक क्षेत्रीले प्राविधिक प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका पशुपतिकुमार राय र श्यामकुमार मण्डललाई पनि दर्ज्यानी चिह्न प्रदान गरेका थिए । कार्यक्रममा महानिरीक्षक थापा क्षेत्रीले प्रहरी अधिकृतले आफ्नो दक्षताअनुरुप थप ऊर्जासहित व्यावसायिक सेवाको अपेक्षा प्रहरी संगठनले गरेको बताए । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संगठनको बृहत्तर हितमा लाग्नुपर्ने उनको भनाइ थियो ।

उनले सामूहिक नेतृत्व सधैं संगठनको हितमा लाभकारी हुने भन्दै प्रहरी अतिरिक्त महानिरीक्षकको पदोन्नतिसँगै नेतृत्व तह थप बलियो हुने विश्वास व्यक्त गरे। कार्यक्रममा नवनियुक्त एआइजी नीरजबहादुर शाहीले संगठनको नीति निर्देशन र आदेशप्रति सदैव कर्मनिष्ठ रही संगठनको बृहत्तर हित र गरिमालाई थप उचाइमा लैजान मन, वचन र कर्मले कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे । रासस

प्रकाशित: १४ श्रावण २०७७ १६:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App