१६ चैत्र २०८० शुक्रबार
समाज

प्रादेशिक अस्पताल जनकपुरको ईमर्जेन्सी र आइसीयू सील

कोभिड अस्पताल जनकपुरमा उपचारकालागि ल्याएका कोरोना संक्रमितको मृत्युपछि प्रादेशिक अस्पताल जनकपुरको आकस्मिक कक्ष र आइसियु वार्ड सिल गरिएको छ। आइतबार धनुषाको सहिदनगर नगरपालिका–८ डुमरीयाका एक पुरुषको संक्रमणबाट मृत्यु भएपछि इमरजेन्सी वार्डलाई २४ घण्टा र आइसियु वार्डलाई ७ दिनको लागि सिल गरिएको जिल्लाको कोभिड आइसोलेशन वार्डका संयोजक डा. जामुन प्रसाद सिंहले जानकारी दिए।  

जिल्ला विपद व्यवस्थापन समिति अन्तर्गत रहेको कोभिड व्यवस्थापन समितिको सोमबार बसेको बैठकले यो निर्णय गरेको हो। डा. सिंहका अनुसार हाल संक्रमणबाट मृत्यु भएका पुरुषको शव व्यवस्थापनको तयारी भइरहेको छ। नेपाली सेनाको टोलीले शव व्यवस्थापन कार्य थालिसकेको उनले जानकारी दिए।  

शव व्यवस्थापनपछि पीसीआर टेस्ट नभएसम्म नेपाली सेनालाई समेत क्वारेन्टाइनमा बस्नु पर्ने बताइएको छ। कोभिड अस्पतालमा उपचार सम्भव नभइ थप उपचारकालागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा लैजाँदै गर्दा धनुषाको सहिदनगर नगरपालिकाका एक पुरुषको आइतबार दिउँसो मृत्यु भएको थियो। डुमरियामा किराना पसल संचालन गर्दै आएका उनलाई शनिवार ज्वरो, रुघाखोँकी र श्वासप्रश्वासमा समस्या देखिएपछि प्रादेशिक अस्पताल जनकपुरको आइशोलेसनमा भर्ना गरिएको थियो। उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि आइसियुमा भर्नागरेपनि भेन्टिलेटर अभावमा थप उपचारको लागि आइतबार धरान रेफर गरिएको थियो। तर सिहा पुग्दा बाटोमै ती संक्रमितको मृत्यु भएपछि उनको शवलाई व्यवस्थापनको लागि जनकपुर ल्याइएको प्रादेशिक अस्पतालका निमित प्रमुख समेत रहेका डा. सिंहले बताए। संक्रमित व्यक्ति किराना पसल संचालक रहेकाले पसलमा धेरै व्यक्तिको आउजाउ हुनेहुँदा सहीदनगर नगरपालिकाका साथै छिमेकी गाउँहरुमा समेत त्रास बढेको छ।  

 

 

प्रकाशित: १२ श्रावण २०७७ ०६:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App