८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

गाउँ फर्किएकाहरुको सीप उपयोग गर्दै सिरिजङ्घा

कोभिड–१९ का कारण बैदेशिक रोजगारी गुमेर गाउँ फर्किएका पालिकात्रिका नागरिकलाई ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले स्थानीय स्तरमै उद्यमशिल बनाउने भएको छ । ‘गाउँमै रोजगार, गर्वको आधार’नाम दिएर गाउँपालिकाले चालू आर्थिक वर्षका लागि बैदेशिक रोजगारी गुमेर गाउँ फर्किएकाहरुलाई उद्यमशिल बनाउने नीति तय गर्दै बजेट समेत बिनियोजन गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार यो कार्यक्रम अन्तर्गत सिरिजङ्घा गाउँपालिकाका ८ वटै वडामा प्रतिवडा ५ लाख रुपैयाँका दरले बजेट बिनियोजन भएको छ ।  

रोजगारी गुमेर गाउँ फर्किएकाहरुलाई समूहमा आबद्ध गरेर सामूहिक उद्यमशिलता प्रवद्र्धन गरिने छ । रोजगारी गुमेर गाउँ फर्किएकाहरुको सीप र सृजनामार्फत स्थानीय परिबेश अनुसारको उद्यम विकास गर्ने गरी योजना बनाईएको समेत प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिए । पहिले सीप हस्तान्तरणका कार्यक्रम सञ्चालन गरिने छ भने सीप आर्जन गरेकालाई उद्यम सञ्चालनका लागि पूँजी अभाव भए गाउँ कार्यपालिकाले स्थानीय सहकारी संस्था तथा बित्तीय संस्थामा रहेको पूँजी परिचालनमा सहजीकरण गर्ने भएको छ ।  

उद्यम सञ्चालनका लागि सहकारी तथा बित्तीय संस्थामा रहेको पूँजीलाई सहुलियत दरमा ऋण उपलब्ध गराउने प्रयोजनका लागि गााउँपालिका आफैं जमानी समेत बस्ने भएको छ । तर उद्यमी बन्न तयार रहेकाहरुले गाउँपालिकाबाट सहुलियत लिनका लागि सीप आर्जनको अवस्था, उद्यम स्थापनाको कार्ययोजनासहितको बिवरण, उद्यम स्थापनाको ग्यारेन्टीसहितको बिवरण गाउँपालिकालाई पेश गर्नुपर्ने छ ।

गाउँपालिकाले उद्यमी बन्न तयार रहेकाहरुसंग लागत साझेदारी गर्नुपर्ने अवस्था आएमा संघीय तथा प्रादेशिक सरकारबाट जारी भएका सूचना प्रतिकुल नहुने गरी बित्तीय स्रोत जुटाउन सहकारी संस्थासंग समन्वय गरी संस्थामा रहेको मौज्दात रकम परिचलन गर्ने र नपुग रकम गाउँपालिकाले समपूरक कोषबाट समेत उपयोग गर्ने नीति लिएको छ । गाउँपालिकाले कञ्चजंघाको पानीलाई गाउँपालिकाको आम्दानीको स्रोतको रुपमा उपयोग गर्ने समेत नीति लिएको छ । उद्यम सृजना गरी पालिकाभित्रैका नागरिकलाई स्वरोजगार बनाउ गाउँपालिकाकै स्वामित्वमा स्वच्छव खानेपानी उद्योग स्थापनाको पहलकदमी समेत सिरिजङ्घा आफैंले लिने भएको छ । उसले चालू आर्थिक वर्ष भित्रैबाट स्वच्छ खानेपानी उद्योग स्थापनाका लागि सम्भाव्यता अध्ययन समेत गर्ने भएको छ ।

कञ्चनजंघा हिमाल उद्गम स्थल भएर बग्ने कावेली नदीको मुहान लगायत स्थानीय अन्य पिउनेपानीहरुका मुहान संरक्षण गरी यस्ता मुहानहरुलाई गाउँपालिकाको प्रमुख प्राकृतिक नदीको रुपमा विकास गरिने भएको छ । स्वच्छ खानेपानी उद्योगलाई गाउँपालिकाले प्रमुख आम्दानीको स्रोत र सीप लिएर फर्किएकाहरुको सीप उपयोगको रुपमा गाउँपालिकाले लिएको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिए ।

प्रकाशित: ८ श्रावण २०७७ ०७:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App