coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

झापामा पहिरोले घर पुरिदा एकको मृत्यु, ३ घाइते

झापाको बुद्धशान्ति गाउँपालिका ७ मा पहिरोले घर पुरिदा एकजनाको मृत्यु भएको छ । अन्य ३ जना घाइते भएका छन् । बुद्धशान्ति गाउँपालिका–७ मोतीडाँडामा गएको पहिरोले घर पुर्दा मेचीनगर–९ निवासी १५ वर्षीय विवेक दर्नालको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगरबाट बुद्धशान्ति–७ निवासी तेजकुमार बराइलीको घरमा पाहुना आएका दर्नालको मङ्गलबार राति गएको पहिरोले घर पुर्दा मृत्यु भएको हो । अविरल बर्षासँगै गएको पहिरोका कारण बराइलीको घर भत्किँदा ७७ वर्षीया तीलमाया बराइली, २१ वर्षीया कल्पना बराइली, १९ वर्षीया पृष्टिना बराइली घाइते भएका छन् ।  

बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले सोही ठाउँका थप दुई घर जोखिममा परेपछि उनीहरुलाई स्थानीय चर्चमा राति नै सारिएको छ ।

प्रकाशित: ७ श्रावण २०७७ ०६:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App