१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

तौलिहवा बजारमा सडक अतिक्रमण खाली गराउन सुरु

हुलाकी सडक निर्माणकालागि तौलिहवा बजारमा सडक अतिक्रमण हटाईदै।

हुलाकी सडक निर्माणकालागि तौलिहवा बजारको सडक क्षेत्रमा पर्ने संरचना हटाउन सुरु गरिएको छ। अतिक्रमण खाली गर्न एक हप्ताको दिइएको सयमसिमा सकिए पछि शनिवारबाट हुलाकी सडक आयोजना कपिलवस्तुले डोजर लगाएर हटाउन सुरु गरेको हो। हुलाकी सडकका कर्मचारी, नेपाल र सशस्त्र प्रहरी सहीतको टोलीले २ २ वटा डोजर प्रयोग गरी अतिक्रमण  खाली गराईएका हुन। गत असार २५ गते प्रशासन कार्यालयमा सर्वपक्षीय निर्णए भए पछि बाटो निर्माणमा तीब्रता दिनेकालागि सडक अतिक्रमण खाली गराउने निर्णय भएको थियो। 

हुलाकी राजमार्ग अन्र्गत तौलिहवाको जमुहार नाला देखि छोटकी तौलिहवा सम्म पर्ने अतिक्रमण हटाउन सुरु गरिएको हुलाकी सडक अयोजना कपिलवसतुका प्रमुख ईश्वर बहादुर रिजालले बताए। ‘ हामीले साउन २ गते भित्र अतिक्रण गरिएको संरचना हटाउन सुचना जारी गरेका थियौ, तर अटेर गरिए पछि हटाउन सुरु गरेका हौ ’ उनले भने। शनिवार सरकारी कार्यालयले सडक अतिक्रमण गरेका संरचना हटाउन सुरु गरिएको हो। जमुहार देखि छोटकी तौलिहवामा पर्ने जिल्ला समन्वय समिति, कपिलस्तु नगरपालिका, नेपाल टेलिकम, नेपाल बाल संगठन तौलेश्वरनाथ संस्कृत उमाबि, सन साईन बोडिङ स्कुलका पर्खालहरु डाजर लगाएर भत्काईउको छ। यस्तै सरकारी वकील कार्यालय अघि बाटोमा निर्माण गरिएको प्रतिक्षालय, खानेपानी कार्यालय सहीत २ वटा बिद्यालयका पर्खाहरु समेत हटाईउका छन। 

‘ अतिक्रमण  हटाउने कार्यको सूरुवात सरकारी कार्यालयबाट गरेका छौ अब केही दिन मै निजी संरचनाहरु समते अटेर गरे भत्काउने छौ ’ प्रमसख रिजालले भने। अतिक्रमण खाली गर्ने सुचना जारी गरिए पछि अहिले जमुहार टोल, बैक रोड नयाटोल, आनन्दबाग लगायतमा धमाधम आफैले अतिक्रमण हटाउन थालेका छन। हुलाकी सडक आयोजना अनुसार जमुहार देखि  छोटकी तौलिहवा सम्म पर्ने २३ सय ४० मिटर सडक क्षेत्रमा २ सय ७३ वटा घर टहराहरु बनाईएका छन। यस्तै बहादुरगंज जाने सडक देखि भिक्षु चोक सम्म पर्ने यशोधरा माबि र रत्न राज्य माबिले अतिक्रमण गरी बनाईएएका केही संरचनाा समेत भत्काईका छन। कपिलस्तु नगरपालिका अनुसार जमुहार देखि भिक्षु चोक सम्म ५ सय ८३ वटा संरचना सडक क्षत्र भित्र परेको छ। 

बहादुरगंज जाने चौराहा देखि भिक्षु चोक सम्म भने सडक बिभागले सडक बनाउने नगरपालिकाले जाएको छ। हुलाकी सडक अन्र्गत ५ सडक खन्ड तथा चार वटा पुल निर्माणकालागि कुल ३ अर्व ४६ करोड २ लाखका संझौता भईसकेको छ। सबै काम २०७९ पुस भित्र संपन्न गर्नु समायवधी तोकिएको छ। उता स्थानीय कालीपद शर्मा र रोहित उपाध्यायले उच्च अदालत तुलसीपुरमा सो कार्य रोक्नकालागि रिट निबेदन दिएका छन। सोही आधारमा बुटवल ईजलासले निबेदाकका हकमा अल्पकालीन आन्तरिम आदेश जारी गर्दै बिपक्षी हुलाकी सडक आयोजना र सडक बिभागलाई साउन १२ गते छलफलकालागि अदालतमा बोलाईएको छ। 

प्रकाशित: ३ श्रावण २०७७ ११:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App