१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

ताप्लेजुङमा एक आवमा साढे एघार सय सवारी चालक कारवाहीमा

जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले आर्थिक वर्ष २०७६।०७७ मा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १५० वटा सवारीलाई कारवाही गरेको जनाएको छ । 

ट्राफिक नियम उल्लंघन गर्ने चालकहरुलाई कारवाही गर्दा एक आर्थिक वर्षमा ६ लाख ९४ हजार ५ सय रुपैयाँ राजश्व असुल गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख दीपक दुलालले जानकारी दिए । उनका अनुसार एक आर्थिक वर्षमा ८–८ वटा बस र अटो, ९८ वटा ट्रक, ३ सय ६५ वटा जीप र ५ सय ४१ वटा मोटरसाइकल चालक ट्राफिक नियम उल्लंघन गर्नेमा परेका छन् ।

कोभिड–१९ कारण सडकमा गत चैत ११ गतेबाट अत्यावश्यक सेवा बाहेकका सवारी सञ्चालनमा नआउदा पनि जिल्ला ट्राफिक प्रहरी कार्यालयले ठूलो परिमाणमा ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई कारवाही गरेको जनाएको छ ।

प्रकाशित: २ श्रावण २०७७ ०७:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App