१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पहिरोमा एकै घरका पाँच महिला पुरिए

बस्ती माथिबाट खसेको पहिरोले घर पुर्दा सीमावर्ती भोटेकोसी गाउँपालिका–४ फूल्पिङकट्टी गाउँका  एकै परिवारका पाँच महिला पहिरोमा पुरिएका छन्। एक महिलाको मृत्यु भएको छ भने अरु चार पहिरोमा बेपत्ता भएका छन्।  

अबिरल वर्षासँगै बिहीबार बिहान खसेको पहिरोले स्थानीय ४८ वर्षीया गेल्जेन शेर्पाको घर पुरेको हो। उनको घरमा रहेका पाँच महिला पहिरोमा परेको घटनास्थलबाट स्थानीय बुद्धि गुरुङले जानकारी दिए। उनका अनुसार चालकको काम गर्ने घरधनी गेल्जेन भने बाहिर रहेकाले बाँचे।  

गेल्जेनकी श्रीमती ३५ वर्षीया निमासाङ्मु शेर्पाको शब फेला परेको छ। खुट्टा देखिएपछि शरीर निकाल्दा उनी मृत भेटिएकी हुन्। गेल्जेनकी ८० वर्षीया आमा, १२ वर्षीया बहिनी सेम्साङ, १८ वर्षीया जेठी छेरी छिरिङओङ्मु र १६ वर्षीया कान्छी छोरी याङ्जी पहिरोमा बेपत्ता भएको गुरुङले जानकारी दिए।  

जिल्ला प्रहरी प्रमुख एसपी प्रज्जवल महर्जनले घटनाको पुष्टि गरे। ‘पहिरोमा एकै परिवारका पाँच महिला परेको जानकारी आएको छ। प्रहरी टोली घटनास्थल जाँदै छ ,’ उनले भने। प्रत्यक्षदर्शी रहेका गुरुङका अनुसार बिहान  १ बजेर ३८ मिनेटपछि घटनास्थलमा लगातार चार–पाँच पटक पहिरो गएको थियो। पहिरोले अर्को खाली घरसमेत आधा पुरेको छ। घटनापछि स्थानीय नारायणस्थान प्रहरी चौकीको टोली त्यसतर्फ गइरहेको एसपी महर्जनले बताए। उनका अनुसार दुई घण्टा पैदल हिँडेर प्रहरी घटनास्थल पुग्नै लागेको छ।  

बाढीपहिरोमा बेपत्ता भएका २० जना नभेटिँदै जिल्लामा अर्को पहिरो घटना निम्तिएको हो। असार २४ गते राति जम्बु र बुल्कुटी गाउँ बगाउँदा बेपत्ता भएकाहरु अझै भेटिन सकेकका छैनन्। जम्बु पहिरोमा दुई जनाको ज्यानसमेत गएको थियो।

प्रकाशित: १ श्रावण २०७७ ०३:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App