१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मास्क नलगाउनेलाई कारबाही

घर बाहिर निस्कँदा मास्क नलगाएर हिँड्ने तीन सय चारजनालाई जिल्ला प्रहरी कार्यालय सल्यानले सोमबार कारबाही गरेको छ। घरबाट निस्कँदा अनिवार्य मास्क लगाउनु पर्ने भनिए पनि कतिपयले उक्त निर्णयको उल्लंघन गरेको भन्दै प्रहरीले उनीहरुलाई कारबाही गरेको हो।

विश्वभरि महामारीको रूपमा फैलिएको कोभिड–१९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गर्ने नेपाल सरकार मन्त्रिपरिषद् बैठकले घर बाहिर निस्कँदा अनिवार्य मास्क लगाउनु पर्ने निर्णय गरेको थियो। सोही निर्णय कार्यान्वयन भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। मास्क नलगाई घर बाहिर निस्कनेलाई संक्रामक रोग ऐन २०२० बमोजिम एक सय रुपैयाँ जरिवाना गर्ने नेपाल सरकारले निर्णय गरेको थियो।

 जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबारमात्र श्रीनगरबाट नौजना, लुहामबाट छ जना, कपुरकोटबाट १८ जना र खलंगा बजारबाट घढ जनालाई प्रहरीले कारबाही गरेको छ। उनीहरुबाट ३४ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ। यो अभियान शनिबारबाट सुरु भएको थियो।

प्रकाशित: ३० असार २०७७ १२:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App