१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

आज पनि विभिन्न स्थानमा वर्षा र बाढीपहिराेको सम्भावना

आज मंगलबार पनि देशका विभिन्न स्थानमा सामान्यदेखि ठूलोसम्म वर्षाको सम्भावना रहेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले  सम्बन्धित सबैमा आग्रह गरेको छ ।  

महाशाखाका अनुसार आज दिउँसो देशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी (ठूलो) वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।  

यसैगरी राति पनि देशका केही स्थानमा मध्यमसम्म तथा प्रदेश १, बागमती, गण्डकी, ५ र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले मंगलबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।  

साथै २४ घण्टे चेतावनी दिँदै महाशाखाले वर्षा हुने स्थानका नदीमा नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएाकले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

बाढी/डुबानकाे सम्भावना

यस्तै बाढी पूर्वानुमान महाशाखाले पनि आज बाढी/डुबाना हुन सक्ने सम्भावित क्षेत्रकाे जानकारी दिँदै सतर्कता अपनाउन सुझाव दिएकाे छ। 

हेराैँ याे सूचना :्र

प्रकाशित: ३० असार २०७७ ०७:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App