१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

धरानबाट गाँजा र ब्राउन सुगरसहित चार जना पक्राउ

प्रहरीले गाँजा र ब्राउन सुगरसहित पक्राउ गरेकाहरु । तस्बिर : इलाका प्रहरी कार्यालय धरान

प्रहरीले धरानमा अवैधरुपमा गाँजा खेती गर्ने र ब्राउन सुगर कारोबारीसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका ४ जनालाई ईलाका प्रहरी कार्यालय धरानले आज सार्वजनिक गरेको हो । धरान १३ का २९ बर्षीय नविन मगरलाई शुक्रबार घरबाट नै गाँजासहित पक्राउ गरेको प्रहरीको भनाई छ । गाँजा घरबाट बेचबिखन गर्ने गरेको बिशेष सुचनाको आधारमा प्रहरी टोली खटिएर पक्राउ गरिएको डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । 

उनका अनुसार घरमा खानतलासी गर्दा बेच्नलाई तयारी बनाएको ३०० ग्राम तयारी गाँजा फेला परेको थियो । यस्तै, बारीमा लगाएको १३ बोट हरियो गाँजा पनि भेटिएको थियो । मगरलाई आइतबार अनुसन्धानको लागि लागूऔषध (गाँजा) मुद्दामा म्याद थप भएको डिएसपी बस्नेतले जानकारी दिए । प्रहरीका अनुसार मगरले घरमै गाँजाको बोट रोपेर उत्पादन पनि गर्ने गरेका थिए भने अन्य ठाउँबाट पनि ल्याएर बिक्री गर्ने गरेको खुलेको छ । त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

यस्तै, आइतबार प्रहरीले धरानबाट ३ जनालाई ३ सय मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान १८ शिवमार्गका २६ बर्षीय प्रवल राई, धरान ८ का २४ बर्षीय सविन राना मगर र धरान ८ कै ३७ बर्षीय सुमेन मोक्तान रहेका छन् । करिब साढे ५ बजे धरान ८ स्थित भित्री सडकमा शंकास्पद अवस्थामा हिडिरहेको अवस्थामा प्रहरीले प्रवललाई पक्राउ गरेको थियो ।  

उनको साथबाट १५० मिलिग्राम ब्राउन सुगर फेला परेपछि थप सोधपुछ गर्ने क्रममा उनले सविनबाट खरीद गरेको खुलेको थियो । प्रहरीले सविनलाई पनि नियन्त्रणमा लिएर सोधपुछ गर्दा सुमेन मोक्तानसँग खरीद गरेको खुलेको डिएसपी बस्नेतले जानकारी दिए । ‘त्यसपछि सुमेनको घरमा गएर कोठा तलासी लिदा लुकाई राखेको अवस्थामा १५० मिलिग्राम थप ब्राउन सुगर फेला पर्यो,’डिएसपी बस्नेतले भने,‘पक्राउ परेका सबैलाई आज जिल्ला अदालतबाट म्याद थप भएको छ ।’

प्रकाशित: २९ असार २०७७ १३:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App