७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

साेमबार १७०५ जना डिस्चार्ज, ६०.७५ प्रतिशत संक्रमित निको

पछिल्लो २४ घन्टामा एक हजार सात सय पाँच जना कोरोना निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिएका छन्। उनका अनुसार नेपालमा कोरोना निको हुनेको संख्या १० हजार २९४ पुगेको बताए । उनले कोरोना निको हुनेको कुल संक्रमितको ६०.७५ प्रतिशत रहेको बताए । आइतबार १४७ जना, शनिबार ४३१ जना र शुक्रबार १२० जना निको भएर डिस्चार्ज भएका छन् ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार धनकुटा, भोजपुर, मनाङ, मुस्ताङ र हुम्ला गरी पाँच जिल्ला कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ६ हजार ६ सय १३ रहेको छ ।

प्रकाशित: २९ असार २०७७ ११:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App