७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

भाषा, साहित्य, संस्कृति देशको गौरव र पहिचान : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रा भाषा, साहित्य, संस्कृति देशको गौरव र पहिचान भएको बताएका छन् । भाषिक तथा सांस्कृतिक बहुलता एवं भौगोलिक विविधताले युक्त देशमा भाषा, साहित्य, संस्कृति, दर्शन मानव जीवनका लागि अपरिहार्य विषय भएको उनको भनाइ थियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानको ६७औँ वार्षिक उत्सवका अवसरमा सोमबार आयोजित राष्ट्रिय कविता महोत्स, २०८१ को पुरस्कार समर्पण समारोहमा राष्ट्रपति पौडेलले उक्त धारणा राखेका हुन् ।

हाम्रा भाषा, साहित्य, संस्कृति तथा हामीसँग रहेका मौलिक एवं रैथाने ज्ञान परम्पराको संरक्षण, संवर्धन र विकास गर्नु हाम्रो परम कर्तव्य होु, उनले भने, भाषा मानिसका चाहना, भावना, विचारहरूको विनिमय गर्ने सशक्त माध्यम हो, साहित्य भाषाको सबैभन्दा सुन्दर एवं कलात्मक अभिव्यक्ति हो, साहित्यले भाषालाई श्रुतिमधुर बनाउने काम त गर्छ नै साथसाथै भाषालाई युगौँ युगसम्म जीवित राख्ने काम पनि गर्छ ।

मानिसका ज्ञान, अनुभव, अनुभूति, विचारलाई संरक्षण, सम्प्रेषण र सञ्चरणमा साहित्यको अहम् भूमिका रहेको राष्ट्रपति पौडेलको भनाइ थियो । ुसाहित्यको यो महत्तालाई कायम राख्न नेपाल प्रज्ञा प्रतिष्ठान जस्तो देशको महत्त्वपूर्ण प्राज्ञिक संस्थाको महत्त्वपूर्ण भूमिका रहेको हुन्छु, राष्ट्रपति पौडेलले भने ।

नेपालमा बोलिने जुनसुकै मातृभाषाका कविताले पनि महोत्समा सहभागिता जनाउन सकिने व्यवस्था गरी महोत्सवलाई अझ सहभागितामूलक बनाइएको र यसबाट कविहरूको सहभागितामा उल्लेख्य रूपमा बढोत्तरी भएको थाहा पाउँदा खुसी लागेको उनले बताए ।

मलाई आशा छ, आगामी वर्षहरूमा नेपालका सबै भाषाका कविता राष्ट्रिय कविता महोत्सवमा सहभागी हुनेछन् र राष्ट्रिय कविता महोत्सव नेपाली कविताको विकासका लागि कोशेढुङ्गा सावित हुनेछु, राष्ट्रपति पौडेलले भने । सो अवसरमा राष्ट्रपति पौडेलले विजयी कविहरूलाई पुरस्कार प्रदान गरेका थिए ।

प्रकाशित: ७ आश्विन २०८१ १२:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App