१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

थप १४४ जनामा कोरोना संक्रमण

सोमबार नेपालमा कोरोना भाइरसका १४४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । उनका अनुसार संक्रमितको कुल संख्या १६ हजार ९ सय ४५ पुगेको छ । सोमबार डिस्चार्ज हुनेको कुल संख्या १० हजार २ सय ९४ पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार ६ सय १३ रहेको छ ।

साेमबार प्रदेश १ मा ६, प्रदेश २ मा ४१, प्रदेश ३ मा १३, प्रदेश ४ मा ८, प्रदेश ५ मा १४, प्रदेश ६ मा ४६, प्रदेश ७ मा १६ जना थपिएका छन्।  

अहिले प्रदेश नम्बर १ मा १ सय ८३, प्रदेश नम्बर २ मा १ हजार ८ सय ७२ र बागमती प्रदेशमा ४ सय ५८ मा जना संक्रमित अहिले विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेका छन् । यस्तै गण्डकी प्रदेशमा ४ सय ९८, प्रदेश नम्बर ५ मा ७ सय २९, कर्णाली प्रदेशमा ३ सय ६१ र सुदूरपश्चिम प्रदेशमा २ हजार ५ सय १२ जना संक्रमित उपचाररत रहेका छन् । 

अहिलेसम्म कोरोना संक्रमणबाट ३८ जनाको मृत्यु भएको छ । प्रदेश नम्बर २ मा ४ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नम्बर ५ मा १० जना, कर्णाली प्रदेशमा ४  र सुदूरपश्चिम प्रदेशमा ६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । 

प्रकाशित: २९ असार २०७७ १०:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App