१३ आश्विन २०८३ मंगलबार
image/svg+xml
समाज

२४ घण्टामा देशभर २७२ विपद्का घटना

पछिल्लो २४ घण्टामा देशभर २७२ विपद्का घटना भएका छन्। विपद्‍मा परेका एक हजार १८१ जनाको उद्धार गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार उद्धार तथा व्यवस्थापनका लागि एक हजार ४८२ प्रहरी परिचालन गरिएको छ।

सो अवधिमा सर्पदंशका ११, आगलागीका सात, बाढीका २१, पहिरोका ३७, अविरल वर्षाका ३२, हावाहुरीका सात, हिमपातको एक तथा जनावरको आक्रमणका चार वटा घटना भएका छन्।

विपद्का घटनामा परी २१ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्। चार जना अझै बेपत्ता रहेको प्राधिकरणले जनाएको छ।

विपद्का कारण १२१ चौपाया क्षति भएका छन्। यस्तै, देशभर ४८ सडक अवरुद्ध भएका छन्। बाढी, पहिरो र वर्षाका कारण सडक यातायातमासमेत प्रभाव परेको छ।

प्रकाशित: १३ आश्विन २०८३ ०६:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App