१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जाजरकोट पहिरो : मृतकको संख्या ११ पुग्यो

लगातार बर्षाका कारण जाजरकोटको बारेकोट–४ सार्कीमा आएको पहिरोमा परी बेपत्ता भएका थप दुईजनाको शव भेटिएको छ । आइतबार पहिरोमा पुरिएको अवस्थामा कमला र लक्ष्मी सार्कीको शव भेटिएको हो ।

योसँगै उक्त पहिरोमा परेर मृत्यु हुनेको संख्या ११ जना पुगेको छ भने पुष्पा सार्की अझै बेपत्ता छिन् । लगातार बर्षापछि बिहीबार राति गोपाल र कलु सार्कीका घर पहिरोले पुरेको थियो । साथै शुक्रबार खोला तर्ने क्रममा खहरे खोला बगाएर बेपत्ता भएकाहरू पनि भेटिएका छैनन् । बेपत्ताको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी किशोर श्रेष्ठले जानकारी दिए ।

प्रकाशित: २८ असार २०७७ १३:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App