१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

उद्धार, राहत र क्षतिपूर्तिको व्यवस्था गर्न माग

अविरल बर्षाकाकारण आएको बाढी, पहिरोले समस्यामा परेकाबासिन्दाहरूलाई राहत र क्षतिपूर्तिको व्यवस्थागर्न प्रदेश १ का सांसदहरूले माग गरेका छन्। आइतबारको प्रदेश  सभा बैठकको शुन्य समयमा सांसदहरूले बाढीका कारण मृत्यु भएका व्यक्तीका परिवारलाई क्षतिपूर्ति, विस्थापितलाई राहत, वेपत्ता भएकाहरूको उद्धारको व्यवस्थागर्न प्रदेश सरकारसँग माग गरेका हुन्।  

सांसद कुलप्रसाद साम्बाले अघिल्लो वर्ष प्रदेश सरकारले गफ मात्रै गरेको काम नगरेको गुनासो गरे। साम्बाले गतवर्षकै नियति नदोहो¥याइ बाढी पहिरो र डुवानबाट क्षतिपुगेको स्थानमा , क्षेतिपूर्ति दिन, उद्धार गर्न र राहतबितरण गर्न प्रदेश सरकारलाइ ध्यानाकर्षण गराए।  

सांसद केदार कार्कीले प्रदेशमा २ वटा विपद् व्यवस्थापन समिति भए पनि ती समितिहरू के गरिरहेका छन् भन्ने अत्तो पत्तो नभएको बताए। ‘मुख्यमन्त्री र आन्तरिक मामिलामन्त्रीको नेतृत्वमा भएका समितिहरू के गरिरहेका छन्’ यी समितिहरूको बैठक बसेको छ या छैन।’ शुन्य समयमा सांसदहरू उपेन्द्र घिमिरे, सुयर्माराज राई, बसन्तीदेवीयादवलगायतले बाढी, पहिरो र डुवानबाट पीडित भएकाहरूलाई उद्धार, राहत र क्षतिपूर्तिको व्यवस्थागर्न सरकारको ध्यानकर्षण गराए।  

सांसदहरूले उठाएका विषयलाई सम्बोधन गर्दै आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले अविरल बर्षाकाकारण प्रदेशमा भएको क्षति बारे प्रदेश सभामा जानकारी गराएका छन्। कार्कीले प्रदेश १ को झापा, मोरङ, इलाम, संखुवासभा, सुनसरी, उदयपुरलगायतका जिल्लाहरूमा बाढी पहिरोले क्षति पु¥याएको बताए। कार्कीले शंखुवासभाको सिलिचोङ्गाउँपालिका– १ स्थित वेसिन्दामा पहिरोले ९ वटा घरमापूर्ण रुपमा क्षति पुगेको र ११ जना  वेपत्ता भएको जानकारी दिए।

 पहिरोले वेपत्ता बनाएका ४ जनाको स्थानीयले जीवितै उद्धार गरेको कार्कीले बताए। पहिरोमा परेकाहरूलाई उद्धार गर्नेक्रममा उद्धार गर्न गएका एक जनाको मृत्यु भएको उनले जानकारी दिए। कार्कीले पहिरोका कारण वेपत्ता भएकाहरूको नेपालप्रहरी र शसस्त्र प्रहरीको टोलिले खोजी सुरू गरिसकिएको र विस्थापित भएकाहरूलाई राहत वितरण गर्न सामाग्री घटनास्थल पु¥याउने तयारी गरिएको बताए।

 ‘उद्धारकालागि सुरक्षाकर्मी घटना स्थल पुगिसकेका छन्,’ कार्कीले भने, ‘थप सुरक्षाकर्मी र राहतका सामाग्री संघिय सरकार तथा प्रदेश सरकारले व्यवस्था गर्ने तयारी गरिसकेका छौं।’ कार्कीले मौसममा सुधार भए लगत्तै हेलिकोप्टरबाट थप सुरक्षाकर्मी र राहतका सामाग्री पु¥याइने जानकारी दिए। कार्कीले बाढी र पहिरोले पहाडी क्षेत्रका सडकहरूमा क्षतिपुगेको र कतिपय सडकहरू अबरुद्ध भएको पनि बताए। यस्तै झापा, मोरङ र सुनसरीमा बाढी पसेर बस्ती तथा धान खेत डुवानमा परेको  र सयौं मानिस विस्थापितभएको जानकारी दिए। विस्थापित भएकाहरूलाई स्थानि यविद्यालयहरू तथा सुरक्षित स्थानमा राखिएको कार्कीले बताए। 

प्रकाशित: २८ असार २०७७ ११:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App