डा. बाबुराम भट्टराईकी छोरी मानुषीले छोरा जन्माएकी छन् । डा. भट्टराईले फेसबुकमार्फत आफू हजुबुबा भएको जानकारी दिएका हुन् । उनका अनुसार छोरी मानुषीले आइतबार बिहान १० बजे त्रिवि शिक्षण अस्पतालमा छोरा जन्माएकी हुन् ।
‘बल्ल हजुरबा भैयो, छोरी मानुषी र ज्वाइँ जेकेन्द्रलाई आज असार २८ गते बिहान १०:०५ बजे पुत्रलाभ भएको छ। आमा र शिशु दुवैको स्वास्थ्य राम्रो छ,’ डा. भट्टराईले फेसबुकमा लेखेका छन्,’ टिचिङ अपरेसनमा सफल अपरेसनका लागि डा. गुरुङ र र सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद!’
प्रकाशित: २८ असार २०७७ ०७:४१ आइतबार