२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सप्तकोशीमा डुबेर एक बालक वेपत्ता

इटहरी  दाउरा निकाल्न गएको बेला सप्तकोशी नदीमा आज बिहान डुबेर एक जना बालक वेपत्ता भएका छन्।  नदीमा डुबेर सुनसरी बराहक्षेत्र वडा नं.  ७ का अन्दाजी १४ वर्षे अनिल बस्नेत बेपत्ता भएका हुन्। 

बाबुसँगै दाउरा संकलन गर्न गएका बेला चिप्लिएर एक्कासी नदीको भङ्गालोमा परेपछि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी बिनोद शर्माले बताए। बेपत्ताको खोजी गर्न प्रहरी र गाउँले जुटेपनि फेला पार्न नसकेको जानकारी दिइयो।

प्रकाशित: २८ असार २०७७ ०५:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App