१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रदेश ५ : पहाडमा पहिरो, तराईमा बाढीको त्रास

अविरल वर्षाका कारण प्रदेश न. ५ मा बाढी पहिरोले वितण्डा मच्चाउन शुरु गरेको छ। प्रदेशका पहाडी क्षेत्रमा पहिरो र तराईमा डुबान शुरु भएको हो। बिहीबार रातीदेखि परेको अविरल वर्षाले मानवीय क्षतीका साथै केहि घरमा क्षती गरेको छ।  

गुल्मीको कालिगण्डकी गाउँपालिका ४ फुर्सेका ६२ वर्षिय यम बहादुर श्रीसको पहिरोले पुरेर शुक्रबार मृत्यू भएको छ। फुर्से स्थित खेतको कुलो बनाई रहेको बेला माथीबाट पहिरोले च्यापेपछि श्रीसको घटनास्थलमै मृत्यु भएको गुल्मी प्रहरीका डिएसपि केदारराज पन्तले जानकारी दिए। वर्षाका कारण गुल्मीमा करिव २ सय घर पहिरोको जोखिममा छन्। गुल्मीको इस्मा गाउँपालिका स्थित हस्तिचौरमा भने १ सय १६ घर पूर्ण रुपमा विस्थापित भएका छन्। अविरल वर्षाका कारण पहिरो झर्नेक्रम जारी रहेकाले जोखिम बढेको डिएसपि पन्तले बताए। ग्रामिणभेगका सडक पहिरोले अबरुद्ध भएको छ।  

अविरल वर्षाका कारण रुपन्देही कोटहीमाईमा घर भत्किदा एक गर्भवती महिला घाईते भएकी छन्। कोटहीमाई गाउँपालिका ५ ठूलो मझगावाका सुरेश प्रसाद हरिजनको निर्माणधिन घरको पर्खाल भत्किदा सोही ठाउँका दुर्गेश हरीजनको टिनले छाएको एक कोठे घरमा क्षती पुगेको थियो। उक्त एक कोठे घरमा बस्ने ८ महीनाकी गर्भवति २० वर्षिय पूजा हरिजन घाईते भएको रुपन्देही प्रहरीले बताएको छ। उनको भैरहवामा उपचार भइरहेको प्रहरीले बताएको छ।  

यस्तै वर्षाले पाल्पा रैनादेबी छहरा गाउँपालिका ८ सत्यवती स्थित ज्यमिरेमा स्काईभेटर बाटोमा भास्सिएर सडकको ढुङ्गा र माटो विद्यालयमा खस्दा क्षती पुगेको छ।  तानसेन भित्री सडक खण्ड ज्यमिरेबाट बाटोको काम गरी तानसेनतर्फ फर्किने क्रममा ग १ ख ३७६६ नम्बरको स्काभेटर सडकमा भासिएको र त्यसैका कारण सत्यवती माविको पर्खाल भत्किएको पाल्पा प्रहरीले जनाएको छ। करिव १० लाख बराबरको क्षती भएको बताइएको छ।  

वर्षाका कारण नवलपरासीमा तीन घरमा क्षती पुगेको छ। नवलपरासी पाल्हीनन्दन गाउँपालिका १ महेशपुर हरिजन टोलका ४२ वर्षिय तिल कुमारी हरिजनको माटोको खपडाले छाएको कच्ची घर भत्किएको छ। घरसँगै अन्नपात लत्ताकपडा गरि ३० हजार बराबरको क्षती भएको छ।  

यस्तै सोही ठाउँका ६७ वर्षिया केशा हरिजन, ६५ की सावित्री हरिजनको पनि खपडाले छाएको कच्ची घर भत्किएको छ। केशाको ५० र सावित्रीको ४५ हजार बरावरको क्षति भएको प्रदेश न. ५ प्रहरी कार्यालयले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ। रुपन्देही सहित, नवलपरासी (पश्चिम), कपिलबस्तु, दाङ, बाँके र बर्दियामा लगातारको बर्षाले डुबान शरु भएको छ।  

यहाँका तिनाउ, दानव, वाणगंगा, राप्ती र भेरी नदीमा पानीको सतह बढेपछि नदी छेउका बस्तीहरु जोखिममा परेका छन्। यस्तै पालपा, गुल्मी, अर्घाखाँची, प्यूठान, रुकुम (पश्चिम) र रोल्पामा पहिरोले मानवीय र भौती क्षती गराएको छ। असार शुरुसँगै प्रदेश ५ मा बाढी पहिरोले क्षती गराउन थालेको ५ न. प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा एसएसपी राजकुमार वैदवारले बताए। बाढी पहिरोकै कारण पछिल्ला केही दिनमा मात्रै पाल्पामा ५ जना, गुल्मीमा ५ जना, दाङमा ३, कपिलबस्तु र अर्घाखाँचीमा १/१ जनाको मृत्यु भएको हो।  

खोलामा डुबेर २ जनाको मृत्यू  

नवलपरासीमा खोलामा डुबेर एक जनाको मृत्यू भएको छ भने अर्का एक जना बेपत्ता भएका छन्। नवलपरासी बर्दघाट नगरपालिका १५ चोरघोल स्थित बनकट्टी खहरे खोलामा माछा मार्नेक्रममा चिप्लिएर खोलमा खस्दा दुई युवाहरुको मत्यू भएको छ। मृत्यु हुनेमा बर्दघाट नगरपालिका १५ का १८ बर्षिय प्रबिन बि.क र २० बर्षिय सुधिर विक रहेका छन्। प्रविनलाई बचाउन जाँदा सुधिरलाई समेत खोलाले बगाएपछि मृत्यु भएको नवलपरासी प्रहरीले जनाएको छ।  

 

 

प्रकाशित: २६ असार २०७७ ११:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App