७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

धार्मिकग्रन्थको पाना पाँच करोडमा किनबेच गर्न खोज्ने पक्राउ

काठमाडौंमा सुनको अक्षरले लेखिएको धार्मिकग्रन्थको पाना बिक्री गर्न खोज्ने ६ जना पक्राउ परेका छन् । लामा भाषामा लेखिएको पुरानो बुद्ध धर्मग्रन्थ खरिद बिक्रीका लागि मोलमोलाई गरिरहेको अवस्थामा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ का ३२ वर्षीय गेहेन्द्रसिं आत्रय, काभ्रे पाँचखाल नगरपालिका–३ का ४२ वर्षीय जनक गिरी, ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका–१ का ३१ वर्षीय सुवासकुमार बस्नेत, सुनकोसी गाउँपालिका–२ का ३३ वर्षीय हरिबहादुर लामीछाने, काठमाडौं तारकेश्वर नगरपालिका–११ का ६४ वर्षीय राजेन्द्रबहादुर जोशी र नुवाकोट ककनी गाउँपालिका–८ का ३४ वर्षीय रोशन तामाङ पक्राउ परेका हुन् ।  

पुरानो बुद्ध धर्मग्रन्थ खरीद बिक्रीका लागि पाँच करोडमा मोलमोलाई भइरहेको सूचनाका आधारमा खटिएको महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले उनीहरुलाई बिहीबार काठमाडौं चन्द्रागिरि नगरपालिका–१५ ढुंङ्गेअड्डाबाट पक्राउ गरेको हो । उनीहरुको साथबाट सुनौलो अक्षरले लेखिएको बुद्ध धर्मको ग्रन्थ (१६ पाना) बरामद गरिएको जनाइएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर कानुनी प्रकृया अघि बढाइसकिएको प्रहरीले जनाएको छ ।

प्रकाशित: २६ असार २०७७ ०६:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App