१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

सर्लाहीमा चट्याङ लागेर एक जनाको निधन र दुई जना घाइते भएका छन्।  रोपाइँ गर्ने क्रममा चट्याङ लागेर जिल्लाको वागमती नगरपालिका–१० नयाँबस्तीका १८ वर्षीय छोटु पासवानको आज निधन भएको प्रहरीले जनाएको छ।

आज बिहान वागमती नगरपालिका–८ निवासी सुनमाया बस्नेतको खेतमा धान रोप्दै गरेको समयमा परेको चट्याङ लागेर पासवानको निधन र कमलादेवी मुखिया घाइते भएका थिए। चट्याङ लागेर बेहोस भएका दुवै जनालाई उपचारका लागि बरहथवातर्फ लगिँदै गर्दा पासवानको निधन भएको र  मुखिया होसमा आई घर फर्किसकेको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए।

त्यस्तै चट्याङ लागेर जिल्लाको बलरा नगरपालिकामा एक युवक घाइते भएका छन्। आज बिहान वर्षासँगै परेको चट्याङ लागेर बलरा नगरपालिका–१ का ३५ वर्षीय बरुण सहनी घाइते भएका हुन्। उनीलाई उपचारका लागि भारतको सितामढीतर्फ लगिएको  प्रहरीले जनाएको छ।  

प्रकाशित: २५ असार २०७७ ०६:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App