२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

सभामुखसहित सिन्धुपाल्चोकका लागि उडेको हेलिकप्टर धुलिखेलबाटै फर्कियो

सिन्धुपाल्चोकमा बाढीले पुर्याकएको क्षतिको निरीक्षण गर्न त्यस तर्फ सभामुख सहित उडेको हेलिकप्टर खराब मौशमका कारण फर्किएको छ। हेलिकप्टर विहीबार बिहान धुलिखेलको आकाशबाटै काठमाडौं फर्किएको हो।

सभामुख अग्निप्रसाद सापकोटा आफ्नो गृहजिल्लामा भएको प्रकोपको निरीक्षणका लागि त्यस तर्फ जान लागेका थिए। घटनास्थल जान उनी चढेको हेलिकप्टर मौसम प्रतिकुलताका कारण काभ्रेको धुलिखेल पुगेर फर्केको छ। ‘बिहान ९ बजे धुलिखेल पुगेका थियौँ। अघि बढ्न नसकेपछि एयरपोर्ट फर्कियौँ,’ सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले भने। सभामुख सापकोटाले एयरपोर्टमै बसेर मौसम सुधारको प्रतिक्षा गरिरहेको उनले जानकारी दिए। बुधबार मात्र सापकोटाको आँखाको मोतियाबिन्दुको सल्यक्रिया गरिएको थियो।  

घाइतेको उद्धार गर्न नेकपा केन्द्रीय सदस्य माधव सापकोटा चढेर आएको हेलिकप्टर काभ्रेको मंगलटारमा ल्याण्ड गरिएको छ। मौसम प्रतिकुल भएपछि खाली बारीको गह्रामा हेलिकप्टर ल्याण्ड गरिएको थियो।  

 

प्रकाशित: २५ असार २०७७ ०५:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App