१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

लकडाउनमा ८८ मोटरसाइकल चोरी

हराएको मोटरसाइक सम्बन्धित सवारी धनीलाई बुझाउँदै महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकाल। तस्बिर: नागरिक

उपत्यकामा लकडाउन अवधिभर अहिलेसम्म ८८ वटा मोटरसाइकल तथा स्कुटर हराएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। हराएका मध्ये अहिलेसम्म ३० वटा फेला परेको र बाँकीको  खोजी भइरहेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भिमप्रसाद ढकालले जानकारी दिए।  ८८ वटा मोटरसाइकल तथा स्कुटर हराएका भन्दै उजुरी दर्ता भएको र ती मध्ये ४४ वटा सवारी साधनको खोजी भइरहेको उनले बताए।  

महाशाखाको तथ्यांकअनुसार पछिल्लो पाँच वर्षको अवधिमा मोटरसाइकल तथा स्कुटर चोकीका घट्ना बढ्दै  गएका छन्। आर्थिक वर्ष २०७१÷७२ देखि चालु आर्थिक वर्षसम्म जम्मा ६ हजार ४ सय ६८ थान मोटरसाइकल तथा स्कुटर हराएको भन्दै महाशाखामा निवेदन दर्ता भएको महाशाखाका प्रवक्ता बामदेव गौतमले बताए। प्रहरीमा उजुरी परेकामध्ये एक हजार एक सय ९९ थान मोटरसाइकल मात्रै फेला परेको उनले बताए। एक सय २५ थान मोटरसाइकल र एक सय ९२ जना मानिसलाई  कारबाही गरिएको प्रवक्ता गौतमको भनाइ छ।  

उक्त अवधिमा वेवारिसे अवस्थामाद फेला परेका ६ सय ४१ थान मोटरसाइकल भन्सारमा पठाइएको हो। सोही अवधिमा शंकास्पदको अनुसन्धान गरी दुई सय ४१ थान मोटरसाइकल सवारी सम्बन्धित व्यक्तिको जिम्मा लगाइएको छ। मोटरसाइकल हराउने या चोरी हुने क्रम बढ्दै गएको तथ्यांकले देखाएको महाशाखाले बताएको छ।  

‘हराएका सवारीको खोजी गर्नका लागि हामीले छुट्टै खोज तलास केन्द्र निर्माण गरेका छौं,’ प्रवक्ता गौतमले भने, ‘आफ्नो सवारी साधन हराएपछि सवारी धनीले हामीलाई सवारी नम्बर, सवारीको कलर र मिति दिनुहुन्छ, त्यहीँ अनुसार खोज तलास केन्द्रले साधा पोशाकमा प्रहरी परिचालय नगरेर खोजी गर्दै आएका छौं।’

पार्किङ स्थल, समारोह, अस्पताल, एकान्त पार्किङ स्थल, घरको प्राङ्गन तथा गेट बाहिर, लामो समयसम्म पार्किङ गरिने सवारी बढी हराउन गरेको महाशाखाका प्रमुख ढकालले बताए। लकडाउनको अवस्थामा पनि विभिन्न ठाउँमा चेकजाँच हुँदा कागजपत्र प्राप्त नभइ छोडेर गएका मोटरसाइकल चोरी भएको पाइएको बताइएको छ। काठमाडौं उपत्यकामा चक्रपथभन्दा बहिरको क्षेत्र र सार्वजनिक पार्किङबाट मोटरसाइकल चोरी भएको तथा हराएको उजुरी सबैभन्दा धेरै आएको बताइएको छ।  

आर्थिक वर्ष २०७१/७२ मा ४ सय ८१ वटा, आर्थिक वर्ष २०७२/०७३ मा ५ सय ४४ वटा, आर्थिक वर्ष २०७३/०७४ मा १ हजार १४ थान, आर्थिक वर्ष २०७४/०७५ मा परेका १ हजार ३ सय ८० थान, गत वर्ष १ हजार ७ सय १०  थान  तथा चालु आर्थिक वर्ष १ हजार ३ सय ३९ थान गरेर जम्मा ६ हजार चार सय ६८ थान मोटरसाइकल हराएको भन्दै महाशाखामा उजुरी दर्ता भएकोे प्रवक्ता गौतमले बताए। विभिन्न समयमा हराएका मोटरसाइकल खोजीपछि असार ९ गते ३० वटा र २१ गते २० थान गरेर जम्मा ५० वटा मोटरसाइकल तथा स्कुटरहरू फेला पारेर सम्बन्धित धनीलाई बुझाएको महाशाखाले बताए।

प्रकाशित: २४ असार २०७७ ०३:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App