१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

उपत्यकामा बढ्यो जोखिम

काठमाडौं उपत्यकामा केही दिनदेखि कोरोना भाइरस संक्रमण बढ्दै गएको छ। केही दिनयता संक्रमितको संख्या बढ्दै गइरहेका  बेला बिहीबार मात्र उपत्यकामा ३२ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमित हुनेमा काठमाडौंका २८ जना, ललितपुर र भक्तपुरका २/२ जना छन्।  

नेपालमा कोरोना संक्रमण सुरु भएयता उपत्यकामा धेरै संख्यामा देखिएको यो पहिलोपटक हो। यसअघि बुधबार पनि उपत्यकामा १७ जनामा संक्रमण पुष्टि भएको थियो।  

उपत्यकामा संक्रमित हुनेमा समुदायका, कन्ट्याक्ट टे«सिङमा परेका र अस्पतालमा भर्ना भएका व्यक्ति रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। समयमै आमजनता सचेत नहुने हो भने यो वृद्धिदर छिट्टै नियन्त्रण गर्न नसक्ने अवस्थामा पुग्नसक्ने डा. गौतमले  चेतावनी दिए।  

अहिलेको अवस्थालाई वृद्धि हुन नदिन हरेक नागरिकले व्यक्तिगत रूपमा पु¥याउने सजगताले सहयोग पुग्ने भएकाले सार्वजनिक स्थलमा भौतिक दुरी कायम गर्नेलगायत अन्य नियम कडाइपूर्वक पालना गरे नियन्त्रण सम्भव रहेको उनले बताए। ‘हरेक व्यक्तिले नियम पालना नगरे संक्रमण रोक्न  

सरकार पुनः लकडाउन गर्न बाध्य हुनेछ,’ उनले भने।  

काठमाडौं तथा अन्य जिल्लामा कायम संक्रमणको स्थितिलाई ध्यानमा राखी हरेक नागरिक सेचत भएर संक्रमण नियन्त्रणमा सहयोग पु¥याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ। सकेसम्म भिडमा नजाने, जानै परे भरपर्दो मास्कको प्रयोग गर्ने, केही वस्तु छोएपछि साबुनपानीले हात धुने, घरबाहिरका व्यक्तिसित नजिकको दुरीमा भेटघाट नगर्ने, विदेशबाट आएकाहरू नियमपूर्वक क्वारेन्टिनमा बस्नेलगायत नियम पालना गर्न मन्त्रालयका प्रवक्ता गौतमले आग्रह गरे।  

बिहीबार देशभरमा गरी थप ४ सय ७३ जना नयाँ संक्रमित थपिएका छन्। योसहित नेपालमा कुल संक्रमित संख्या १४ हजार ५ सय १९ पुगेको छ। तीमध्ये १८ सइ ८३ महिला र १२ हजार ६ सय ३६ जना पुरुष छन्।  

बुधबार राति थप एक कोरोना संक्रमित ४९ दिनको शिशुको त्रिविवि शिक्षण अस्पतालमा मृत्यु भएको छ। घाँटीको श्वास–प्रश्वास नलीमा समस्या भई शल्यक्रिया गर्नको लागि भर्ना  गरिएको थियो। शल्यक्रियापछि उनको मृत्यु भएको अस्पतालले जनाएको छ। मृतक शिशुमा कोरोना पुष्टि भएको थियो। शिशुसँगै नेपालमा कोरोना संक्रमित कुल मृत्यु ३१ जना पुगेको छ।  

त्यसैगरी प्रदेश २ मा सबैभन्दा बढी ३ हजार ९ सय ९ जना संक्रमित पुष्टि भएको छ भने प्रदेश ५ मा ३ हजार ८ सय ५३ जना संक्रमित पुगेका छन्। त्यसै ग्री सुदूरपश्चिममा ३ हजार २०, कर्णालीमा १५ सय १२, गण्डकीमा १ हजार ४८, प्रदेश १ मा ६ सय ३६, बाग्मतीमा ५ सइ ५ जना संक्रमित छन्। त्यसैगरी, ५ सयभन्दा बढी संक्रमित हुने जिल्ला ८ पुगेका छन्।

प्रकाशित: १९ असार २०७७ ०३:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App