coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

राजपुर बमकाण्डका अर्का आरोपी पक्राउ

चर्चित राजपुर बमकाण्डका फेरी अर्का आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । २०६४ चैत २७ गते संविधान सभाको निर्वाचनको पूर्व सन्ध्यामा तत्कालीन राजपुर फरहदवा गाविस–४ हाल राजपुर नगरपालिका–४ मा रहेको शेख ईद्रिसको गोठघरमा भएको बम विस्फोटमा परी मृत्यु हुने तथा घाइते भएकाहरूलाई राजा इँटा उद्योग सम्म ट्याक्टरमा लोड गरेर इँटा भटामा जलाइएको आरोपमा फरार रहेको प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।  

नेपाली काँग्रेसका पुर्व सासंद आलमको निर्देशनमा १२ वर्ष अघि राजपुरमा भएको बम कान्डका घाइतेहरूलाई टयाक्टरमा लोड गरी इँटा भटासम्म पुर्याएको आरोपमा राजपुर नगरपालिका ६ का ३४ वर्षीय शेख सराजलाई २ नम्बर प्रदेश जनकपुरबाट खटिएको ब्युरो टोलिले बाराको सिमौनगढ नगरपालीका–८ बाट पक्राउ गरेको प्रदेश २ प्रहरीका प्रखुख डिआइजि धिरज प्रताप सिंहले बताएका छन्।

बम विस्फोटमा परी दुई/तीन जनाको मृत्यु भएको र १५/१६ जना घाइते भएका थिए । घटनाका मुख्य आरोपी भनिएको साँसद तथा नेपाली काँग्रेसका नेता महम्मद आफताब आलम पक्राउ परेर थुनामा छन्। घटनाका अन्य फरार आरोपीमध्ये इँटा उद्योगका काम गर्ने मिस्त्रीसिमरौनगढ नगरपालिका–४ घर भएका बेदामी साहका छोरा करिब ५५ वर्षे मुक्ति साहलाई प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटेको प्रहरी टोलिले गत जेठ २५ गते बाराको सिमौनगढबाट पक्राउ गरेको थियो । बम कान्डका मुख्य अभियुक्त पुर्व सासंद आलम र इँटा भटाका मजदुर साहलाई रौतहट जिल्ला अदालतको आदेशमा पुर्वपक्षकालागि थुनामा राखिएको छ ।  

बम विस्फोटका मृतक तथा घाइतेलाई टयाक्टरमा लोड गरेर जिउँदै इँटा भटीमा जलाएको आरोपमा फरार रहेका सराजलाई प्रहरीले पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएको प्रदेश २ प्रहरी प्रमुख डिआइजि सिंहले बताए । चर्चित हत्याकान्ड भनिएको राजपुर बम काण्डका मुख्य आरोपी महम्मद आफताब आलमपछि पक्राउ पर्ने सराज तेस्रो अभियुक्त अभियुक्त हुन्।  

करिब १२ वर्ष अघि पहिलो संविधान सभाको निर्वाचनको समयमा रौतहटको राजपुर फरहदवा बम कान्डका फरार आरोपिहरूलाई प्रदेश २ प्रहरी कार्यालय जनकपुरले पहिलो प्राथमिक्ता दिएर फरार अभियु्कतहरूलाई कानुनी कटघरामा उभ्याउने काम गरिरहेको देखिएको छ ।

प्रकाशित: १८ असार २०७७ १४:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App