१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

चौविसे गाउँपालिकाकी १७ वर्षीय किसोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौविसे गाउँपालिका–८ सोक्रोक्पाका वर्ष २२ का भीम लिम्बु र वर्ष १७ का रिबल लिम्बु रहेको प्रहरीले जानकारी दिएको छ ।  

गएको माघ ७ गते गाउँको एक विवाहमा भीम र ती किशोरीको पहिलो पटक चिनजान भएको थियो । चिनजानपछि भिमले यौन प्रस्ताव गरेका थिए । उनको प्रस्ताव अस्वीकार गरेपनि जबरजस्ती करणी गरेको पिडित किशोरीले प्रहरीलाई दिएको उजुरीमा उल्लेख छ ।  यसपछि माघको अन्तिम हप्ता भीमसँग भेटन गएकी ती किशारीलाई भीम र अर्का किशोर रिबल लिम्बुले करणी गरेको उजुरीमा उल्लेख छ ।  

भिम विवाहित युवा हुन्। उनको एक बच्चा र श्रीमती छन्। ती किशोरी गर्भवती भएपछि भीमलाई भेट्न गएका थिए । तर भिम र उनका श्रीमतिले कुटपिट गरेर खेदाएपछि उजुरी दिएको ती किशोरीले बताएकी छिन् । न्यायको खोजीमा आमा र दिदीको सहयोगमा सदरमुकाम आएकी ती युवतीले असार १२ गते उजुरी दिएकी छिन् । सोही उजुरीको आधारमा भिम र रिबललाई पक्राउ गरेको धनकुटाका प्रहरी प्रवक्ता धुर्वकुमार श्रेष्ठले बताए ।

प्रकाशित: १७ असार २०७७ १२:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App