१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गाउँपालिकाले आफ्नै शिक्षक राख्ने

सुनिलस्मृती गाउँपालिका रोल्पा ।

पूर्वी रोल्पाको सुनिलस्मृति गाउँपालिकाले निजी शिक्षकको समस्या अन्त्य गर्ने भएको छ । आ.व. २०७७/७८ को लागि गाउँपालिकाले पेश गरेको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालय तर्फ रहेका निजी शिक्षकहरुको अन्त्य गर्ने उल्लेख गरेको हो ।

 गाउँपालिका भित्र रहेका ४२ सामुदायिक विद्यालयहरुमा कार्यरत ५६ जना निजी दरबन्दीका शिक्षकहरुको पुन परीक्षा लिई गाउँपालिका शिक्षकका रुपमा परिणत गर्ने योजना बनाइएको गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले बताए । उनका अनुसार निजी दरबन्दीका शिक्षकहरुलाई तलव खुवाउन गाउँपालिकाले १ करोड बजेट समेत बिनियोजन गरेको छ ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख यादव केसीका अनुसार निजी शिक्षक व्यवस्थापनको लागि वास्तविकता अध्ययन गरी श्रावण मसान्तसम्म प्रतिवेदन पेश गर्न सामाजिक विकास समिति संयोजक नमराज थापाको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरिएको छ । कक्षा १२ सम्मको शिक्षालाई अनिवार्य शिक्षा गराउने निर्णय गरेको सुनिलस्मृति गाउँपालिकाले यसै आगामी आर्थिक वर्षदेखि कक्षा ११ र १२ मा गाउँपालिका भित्र अध्यनरत किशोरीहरुलाई ‘उपाध्यक्ष छात्रवृति कार्यक्रम’ समेत ल्याइएको छ । कक्षा ११ र १२ मा अध्ययन गर्ने किशोरीलाई निःशूल्क अध्ययन गर्नका लागि यो कार्यक्रम ल्याइएको हो ।  

शैक्षिक सुधारका लागि भन्दै निजी शिक्षक बिस्थापनको तयारीमा रहेको गाउँपालिकाले अब नयाँ प्रकृयाबाट आउने सबै सक्षम शिक्षकहरुलाई मापदण्ड बनाएर जिम्मेवारी सहितको सेवा सुबिधा दिने बताएको छ । गाउँपालिकाले छिट्टै नै कार्यविधि तयार गरि आउदो आर्थिक वर्षमा अध्ययन गर्ने किशोरीहरुलाई निःशूल्क पढ्ने बातावरण तयार गर्नका लागि प्रकृयागत रुपमा अगाडि बढेको गाउँपालिका अध्यक्ष घर्तीले बताए । ‘गाउँपालिकाको सहयोगले आफ्ना नानिहरुले माध्यामिक शिक्षा पुरा गर्न सक्छन् भने यसका लागि किन हामी तयार भएका हौ ।’ यस अघि नै गाउँपालिकाले कक्षा १२ सम्म अनिबार्य शिक्षा घोषणा गरेको थियो ।

प्रकाशित: १६ असार २०७७ ०४:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App