१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

१३ लाख बढी मूल्यको अवैध केराउ पक्राउ

चोरी निकासी गरीरहेको अवस्थामो आइतबार दिउँसो १३ लाख बढी मूल्यको सेतो केराउ कपिलवस्तुमा फत्राउ गरिएको छ । जिल्लाको मायादेबी गाउँपालिका– ४ चाकरचौडाबाट पकडी तर्फ लु १ ख ८९५१ नम्बरको ट्रकमा अवैध रुपमा लैजानेक्रममा ५ सय ३० बोरा सेता केराउ पक्राउ गरिएको हो ।  

ईलाका प्रहरी कार्यालय पकडी र सीमा प्रहरी चौकी चाकरचौडाबाट खटिएको टोलीले चेकजाँच गर्नेक्रममा सो केराउ फेला परेको प्रहरी नायब उपरिक्षक सुनिल मलले बताए । चाकरचौडा नाकाबाट केराउ, सुर्ती केराना लगातउका सामाग्री चोरी निकासी हुने गरको गरेको छ । बिशेष सुराकीका आधारमा केराउ पक्राउ गरिएको मल्ले बताए । पक्राउ गरिएको केराउको मूल्य सवा १३ लाख कायम गरिएको छ । पक्राउ केराउलाई सुठौली भन्सार कार्यालय चलान गरिएको मल्ले बताए ।

प्रकाशित: १४ असार २०७७ १५:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App